पोखरा, १२ मंसिर– पछिल्लो समय देशभर बलत्कारको घटना बढ्दो क्रममा छ । पोखरामा समेत कोरोना पछि बलत्कारको घटनामा समेत वृद्धि भएको छ । तर पोखरामा शनिवार यस्तो घटना भयो कि जहाँ आफ्नै सन्तानलाई नै बलत्कार गर्ने प्रयास भएको आरोप बाबुलाई लागेको छ । आफ्नै १३ बर्षिया छोरी बुबाबाट तीन वर्षदेखि यौन शोषणमा परेकको उजुरीका आधारमा बाबु पक्राउ परेका छन् । अन्नपुर्ण गाउँपालिकाका एक पुरुषले आफ्नै छोरीलाई यौन शोषण गरेको अभियोगमा वडा प्रहरी कार्यालय बगरबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।
कस्ले सोचेको हुन्छ आफ्नै छोरीलाई बुबाले जवरजस्ती गर्न खोज्छ भनेर । तर विगत केहि वर्ष अघिदेखि विभिन्न बाहान बनाई आफ्नै छोरीलाई बारम्बार जबरजस्ती करणी गर्दै यौन शोषण गर्दै आइरहेको भेटिएको छ । बुबाको नाउँमा राक्षसी ३९ बर्षिय पुरुषले शनिवारसमेत एक होटलमा लगे । अस्लिल फोटो तथा भिडियो देखाइ यौन शोषण गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ ।
‘पुरुषले आफ्नै १३ बर्षे नावालिका छोरीलाई बिगत केही बर्ष अगाडीदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको र पछिल्लो समय ६ गते एउटा होटलमा लगी फोटो तथा भिडियो देखाइ जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा हामिले पक्राउ गरेका हौँ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवाष हमालले भने उनलाई मंगलवार पक्राउ गरिएको हो । उनी बिरुद्ध हाडनाता करणी कसुरमा मुद्धा दर्ता गराई अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।





