पोखरा, १४ मंसिर– गण्डकी प्रदेश सरकार अपाङ्गको स्वास्थ्यप्रति गम्भीर नभएको गुनासो सरोकारवालाले गुनासो गरेका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल,गण्डकी प्रदेशको आयोजनामा भएको अन्तरक्रियामा सो गुनासो आएको हो । अपाङ्गता अधिकारकर्मी शिशिर खनालले आपाङ्गता भएका व्यक्तिहरु कोभिड संक्रमित हुँदा उपचारको लागि जाने ठाउँ नभएको गुनासो गरे ।
राष्ट्रिय अपाङ्गता महासंघ नेपाल गण्डकी प्रदेशमा पुनस्र्थापना परियोजना अधिकृत सूर्यप्रसाद भट्टराईले प्रदेश सरकारको अपाङ्ग लक्षित स्वास्थ्यका कार्यक्रमकोबारेमा हचुवाको भरमा काम गरेको आरोप लगाए । कार्यक्रममा बोल्दै गण्डकी मेडिकल कलेजका प्रतिनिधि लक्ष्मण शर्माले अपाङ््गता भएकाहरुलाई सरकारी अस्पतालले निजीमा पठाउनु दुःखद भएको बताए ।
कार्यक्रमका अतिथी गण्डकी स्वास्थ्य निर्देशनालायका निर्देशक डाक्टर विनोदविन्दु शर्माले छलफलले आफूलाई गम्भीर बनाएको प्रतिक्रिया दिए । कर्यक्रमका प्रमुख अतिथि प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले छलफलमा उठेका समस्याको निराकरण गरिने बताए । गण्डकी मेडिकल कलेजका प्रतिनिधि लक्ष्मण शर्माले अपाङ््गता भएकाहरुलाई सरकारी अस्पतालले निजीमा पठाउनु दुःखद भएको बताए ।





