शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

आत्महत्या दुरुत्साहन गरेको अभियोगमा श्रीमान पक्राउ

आत्महत्या दुरुत्साहन गरेको अभियोगमा श्रीमान पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७७, शनिबार

पोखरा, २० मंसिर– पोखरा ३२ का अन्नत पण्डितलाई आफ्नै श्रीमतीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
मंगलाबार उनकी श्रीमती देवि बास्तोला पण्डितले विष खाएर आत्महत्या गरेकी थिइन् । श्रीमानले दिएको मानसिक तनावको कारण आत्महत्या गरेको परिवारको आरोप छ । देविको परिवारले शुक्रवार जिल्ला प्रहरी कार्यालय कास्कीमा मृतक देविका श्रीमान र अमाजु विरुद्ध आत्महत्या दुरुत्साहन गरेको भन्दै जाहेरी दिएका हुन । जाहेरी लगत्तै प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । ‘आत्महत्या दुरुत्साहन विरुद्ध जाहेरीको आधारमा हामिले मृतका श्रीमानलाई पक्राउ गरेका छौ । अब अनुसन्धान प्रक्रिया अघि बढ्छ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले भने ।
सुत्केरी भएको जम्मा ४५ दिनमा उनले आत्महत्या गरेको बताइएको छ । अन्नतले आफ्नै सुत्केरी श्रीमतीलाई शंका गर्दै मृत्युको बाटो रोज्न बाध्य बनाएको आरोप लगाएका छन् ।
‘पहिले देखिनै शंका गर्नुहन्थ्यो । आफ्नै आफन्त आउँदा समेत निकै शंका गर्नुहन्थ्यो म गएर बस्दा समेत शंका गर्ने गर्नुहुन्थ्यो’ देवीकी बहिनी अनिषा बर्जाचार्यले भनिन् । सोमवार बेलुका हामि मेसेन्जरमा बोलेका थियौ मंगलबार विहान अचानक मृत्यु भएको खवर आयो’ उनले भनिन् । मृतककी आमा मैया देवि बास्तोलाले ज्वाँइ र छोरीबिच त्यस्तो केहि नभएको बताइन । म त चितवन थिए अचानक छोरीले आत्महत्या गरेको खवर पाए’ उनले भनिन् । ४५ दिनको सुत्केरी श्रीमतीलाई म विहे गर्छु भन्दै धम्की समेत दिएको बहिनीले बताइन् । देविको ४५ दिनको मात्र छोरा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->