शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

चाउथेको ल्याण्डफिल्ड साइडमा स्थानीयको अबरोध

चाउथेको ल्याण्डफिल्ड साइडमा स्थानीयको अबरोध

वडा १८ का स्थानीय बिच भएको २८ बुदे सम्झौताको कार्यान्वयन नभएको भन्दै स्थानीयले विरोध गर्दै अनिश्चित कालका लागि फोहोर व्यवस्थापनमा रोक लगाएका हुन ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७७, बुधबार

पोखरा, २४ मंसिर– पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थानमा स्थानीयले रोक लगाएका छन । पोखरा–१४ चाउथे अवस्थित ल्याण्डफिल्ड साइडमा मंगलबारदेखि फोहोर व्यवस्थापन गर्न स्थानीयले रोक लगाएका हुन ।
तत्कालिन पोखरा उपमहानगरपालिका र वडा १८ का स्थानीय बिच भएको २८ बुदे सम्झौताको कार्यान्वयन नभएको भन्दै स्थानीयले विरोध गर्दै अनिश्चित कालका लागि फोहोर व्यवस्थापनमा रोक लगाएका हुन ।
ल्याण्डफिल्ड साइट प्रभावित जनसरोकार समितिले बारम्बार सम्झौता कार्यान्वयन गर्न आग्रह गरे पनि महानगरले वेवास्ता गरेको भन्दै आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको समितिका अध्यक्ष बोधबहादुर कार्कीले बताए । गएको सोमबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जि.सीलाई ध्यानाकर्षण गराएपनि कार्यान्वयन नभएको भन्दै माग पुरा नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने अडान स्थानीयले लिएको कार्कीले बताए । २०५७ साल भदौ १३ गते उप महानगर र स्थानीय विच २८ बुदे सहमति भएको थियो । सहमती अनुसार नगरपालिकाबाट छुट्याएको २ प्रतिशत रकम मध्ये १० प्रतिशत सम्म बजेट स्थानीय क्लबहरुले बाताबरण, स्वास्थ्य र शिक्षाको क्षेत्रमा अधिकार सम्पन्न नगर स्तरिय बाताबरण समिति मा योजना पेश गरि कार्यान्वयन गराउने भनि निर्णय गरिएको थियो । तर सोहि रकम जनप्रतिनिधि आएपछि अन्यन्त्र पारेको स्थानियको गुनासो छ । यस्तै सम्झौता अनुसार ल्याण्डफिल्डमा फोहोर व्यवस्थापनको लागि फोहोर लिएर आउने साधनले फिनेल लगायतले गाडि सफा गरि सुख्खा बनाइ ल्याउने सम्झौता भएको थियो तर अहिले ती सम्झौता कार्यान्वयनमा नआएको स्थानीयहरुले बताए । ‘२८ बुदे सम्झौतालाई पोखरा महानगरपालिकाले पटक पटक उल्लङ्घन गरि हामि ल्याण्डफिल्ड साइट प्रभावित बासिन्दाहरुलाई धोका दिदैँ आफ्नो अभिष्ट पुरा गर्दै आएको स्थिति छ । सम्झौता अनुसार उपलब्ध गराउने भनिएको विकास निमार्णका लागि प्राप्त हुने रकम समेत निरन्तरतामा आलटाल गरि विकास निमार्ण समेत प्रभावित पारिएको छ’ अध्यक्ष कार्कीले भने । आफुहरुको माग पुरा नभए थप आन्दोलनमा जाने र यस्को परिणाम महानगरले भोग्नुपर्ने स्थानीयहरुले चेतावनी समेत दिएका छन । ल्याण्डफिल्डमा जाने बाटोमा तगारो लगाइ सवारी रोक्ने काम भइरहेको छ । देशकै ठुलो महानगरले महानगरभित्र उठाएका सम्पुर्ण फोहोर त्यहिँ लगेर व्यवस्थापन गर्दै आइरहेको छ । समयमै फोहोर व्यवस्थापन नहुने हो भने सहर दुर्गन्धित हुनेछ । त्यस्तै स्थानीय इन्द्रमाया बानियाले जनप्रतिनिधि नहुँदा सम्झौताको कार्यान्वय हुनेगरे पनि जनप्रतिनिधि आएपछि भने कार्यान्वय नभएको बताइन् । महानगरले वातावरणको समेत मापदण्ड पुरा नगरी अव्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्दै आइरहेको उनले बताइन् । स्थानीयहरुले मंगलबार विहानै देखि फोहोर बोकेर जाने सवारी रोकिदिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->