बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रविधिलाई स्वीकारौं

प्रविधिलाई स्वीकारौं


  • Dhorpatan News
  • मंसिर २४ २०७७, बुधबार

प्रविधिले सहजता दिएको छ । हातमा सूचना छ, नागरिकहरु आफूले चाहेको कुरा सम्प्रेषण गर्न स्वतन्त्र छन् । भला, ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्जालमा अत्यरञ्जना बर्जित गरिएको छ । अत्यरञ्जनालाई यो गल्ती भन्दै सामाजिक सञ्जाल स्वंयले जानकारी दिनुपर्ने बाध्यता सिर्जना भएको छ । मान्छेको मुख बन्द गर्न सकिदैन, अभिव्यक्ति स्वतन्त्रता नैसर्गिक अधिकार हो । नेपालको संविधानले पनि अभिव्यक्तिलाई नागरिकको अधिकार भनेको छ । मान्छे जन्मदैमा स्वतन्त्र हुन्छ । स्वतन्त्रता उसको अधिकार हो । यद्यपी राज्यले, समाजले र परिवेशले उसका अभिव्यक्तिमा ठेंड्को लगाइदिँदै आएका छन् । चाहेर बोल्न नसक्ने, कानुनको डरले आफ्नै अभिव्यक्ति फेर्नुपर्ने बाध्यताबाट नेपालीहरु गुज्रेको कहि कतैबाट छिपेको छैन । नेपालको संविधानले व्यक्तिलाई बोल्न छुट दिएको छ । बोल्ने भनेको जे पाए त्यहि होइन । शब्द आफैमा ब्रह्म हो शब्दको किफाइतीपन मान्छेबाट गरिने शब्दप्रतिको न्याय हो । त्यो न्याय गर्ने स्वतन्त्रता सामाजिक सञ्जाल आउनु अगावै थियो÷छ ।
सामाजिक सञ्जालले अवसर दिएको छ । प्रविधिसँग जानेको पुस्ता मात्र होइन बुढा बुढी र बालबालिका पनि अभ्यस्त भइसकेका छन् । प्रविधिसँग नजिक हुनु कुनै पनि कोणबाट नराम्रो होइन । दुरुपयोगको नाममा यसबाट मान्छेलाई टाढा पु¥याउन पनि सम्भव छैन । मान्छे स्वभावैले नयाँ कुरा चाहन्छ, प्रविधिसँग खेल्न खोज्छ, प्रविधिबाटै सिंगो विश्व विचरण गर्छ । रोकेर कुनै कुरा सम्भव हुँदैन । अमेरिकाले सामाजिक सञ्जालको लोकप्रिय माध्य एक टिकटक रोक्यो । भारतले अमेरिकालाई पच्छ्यायो, तर नेपालका प्रधानमन्त्री केपी शर्मा ओली त्योभन्दा पृथक देखिए । उनले टिकटकमा आफ्नो खाता खोले । हेर्दा सामान्य हो तर प्रधानमन्त्री र नेपाल प्रविधिलाई बार लगाउने पक्षमा छैनन् भन्ने सन्देश प्रवाहित भयो । यो गर्नै पर्छ । यसो भनिरहदाँ, नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि तरबार झुन्डाउन यो सरकार लागेको बिर्सन हँुदैन । सरकारले सामाजिक सञ्जाल माथि कडाई गर्दै ल्याएको विधयक लोक दबाबकै कारण फिर्ता भएको छ । तर फेरि नआउने सम्भावना टरेको छैन । सासकहरु आलोचना मन पराउँदैनन् । यो सर्वव्यापी सिद्धान्त हो । नेपाल अछुतो हुने कुरौ भएन । मान्छेको मुख बन्द गरेर अकण्टक सासन गर्छु भन्नेहरुलाई सामाजिक सञ्जालले गतिलो चुनौति दिएको छ । यसको दुरुपयोग नभएको होइन, प्रविधि असल र खराब दुवै ठाउँमा प्रयोग भएको इतिहासलाई आधार मानेर हेर्दा सञ्चारको शक्तिलाई कहीँ कतैबाट नगरअन्दाज गर्नु मिल्दैन ।
प्रविधि हातहातमा छ । यो शासकले दिएको सुविधा होइन कि प्रविधिले व्यापारसँगै बढाएको क्षेत्र हो । सबै जोडिएका छन्, सबै मुखरित भएका छन् । यसलाई कहीँकतैबाट बन्देज गर्न खोज्नु अभिव्यक्ति माथिको बन्देज हो । सामाजिक सञ्जाल मार्फत् राम्रा÷नराम्रा दुवै काम भएका छन् । सशक्त माध्यमलाई निषेध गरेर होइन, नियमन गर्नुपर्छ । बन्देज अस्वीकार्य छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->