पोखरा, २६ मंसिर- गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साना–साना योजनाहरु लिएर प्रदेशतिर नआउन स्थानीय तहहरुलाई आग्रह गरेका छन् । उनले ठूला परियोजना संघीय सरकारले मंझौला योजना प्रदेश सरकारबाट र साना योजना स्थानीय सरकारले गर्नुपर्नेमा जोड प िदिएका छन् ।
‘वडाले गर्ने काम वडाकै हो, त्यसले नसके प्रदेशले गर्ने हो’, उनले भने,‘हाम्रोमा इमान्दारिता हराउँदै गएकाले अर्कालाई देखाएर उम्किने प्रवृत्ति बढेको हो ।’ उनी बिहीबार पोखरा महानगरपालिका वडानं २७ धम्पुसेटोलमा नवनिर्मित विश्वकर्मा मन्दिरको उद्घाटन कार्यक्रममा बोल्दै थिए ।





