मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बाबुआमाको स्मृतिमा परिवारले बनायो ट्रष्ट

बाबुआमाको स्मृतिमा परिवारले बनायो ट्रष्ट


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०७७, आइतबार

बागलुङ, २८ मंसिर– जेष्ठ नागरिकको स्वास्थ्योपचार र बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले एक परिवारले बाबुआमाका नाममा ट्रष्ट स्थापना गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. ३ मा रहेको समाजसेवी महेन्द्र, रामकुमार, महेश कुमार र दुर्वलकाजी राजभण्डारीले आफ्ना मातापिताको स्मृतिमा ट्रष्ट बनाएका हुन् । ट्रष्टको नाम ‘दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट’ राखिएको छ ।
आईतबार एक समारोहको आयोजना गरी परिवारले एक लाख रूपैयाँको चेक ट्रष्टका नाममा हस्तान्तरण गरेको छ । संरक्षक रामकुमार राजभण्डारीले ट्रष्टका अध्यक्ष काजी रोशनलाई उक्त रकम हस्तान्तरण गरे ।
तीन वर्षभित्र कोषमा पाँच लाख पु¥याउने परिवारले घोषणा गरेको छ । उक्त रकमको व्याजबाट बेसहारा जेष्ठ नागरिकको स्वास्थ्योपचार र बालबालिकाको पठनपाठनमा सहयोग गरिने छ ।
ट्रष्ट घोषणा कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, ट्रष्टका संरक्षक रामकुमार राजभण्डारी, सदस्य अशोकगोविन्द राजभण्डारी, विजया राजभण्डारी र पत्रकार महासंघका पुर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारीले बाबुआमाको स्मृतिमा परिवारले गरेको लगानी समाजका लागि उत्कृष्ट रहेको बताए ।
साहित्यकार काजीरोशनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत महेन्द्र कुमार राजभण्डारी र संचालन दुर्वल काजी राजभण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->