शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

‘कोरोना बहाना मात्रै’

‘कोरोना बहाना मात्रै’


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७७, सोमबार

पोखरा, २९ मंसिर– नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिवगाँउलेले पत्रकारले सुसूचित समाजले मात्रै परिवर्तनको अगुवाई गर्ने बताएका छन् । उनले पत्रकारिता सुसूचित समाज निर्माणमा लाग्नुपर्ने धारणा पनि राखे ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आइतबार आयोजना गरेको कोभिड–१९ ले संचार क्षेत्रमा पारेको असर र अबको पत्रकारिता विषयमा बोल्दै पूर्वअध्यक्ष गाउँलले पत्रकारितामा पहिला पनि समस्या भएकोले कोभिडलाई अवसरको रुपमा लिनुपर्नेमा जोड दिए ।
‘कोभिडको बीचबाटै अवसरको खोजी गर्नुपर्छ’, उनले भने,‘ पत्रकारिता पहिला पनि समस्यामै रहेको थियो तर कोरोना बाहना भएको छ ।’
नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले संचार माध्यमले कोरानालाई अवसर बनाएर मन नपरेका पत्रकारहरुलाई मिडियाबाट निकाल्ने मौका छोपेको जिकिर गरे । उनले सरकारले बनाएको बिज्ञापन बोर्ड असन्तुष्टि ब्यक्त गरे । न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीले कोरोना र लकडाउनका कारण छापामा ८० प्रतिशत, रेडियोमा ७० प्रतिशतल र टेलिभिजनमा ६० प्रतिशत र अनलाइनमा ४५ प्रतिशत विज्ञापनमा कटौती भएको बताए । नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षता सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->