शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

भु्रण हत्याको आरोपमा प्रहरी निरीक्षक पक्राउ

भु्रण हत्याको आरोपमा प्रहरी निरीक्षक पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७७, शुक्रबार

पोखरा, ३ पुस– म्याग्दीमा कार्यरत प्रहरी निरीक्षक धु्रव शर्मालाई जवर्जस्ती गर्भपतन गरेको अभियोगमा पक्राउ गरिएको छ । पोखरा बैदाम चौकी आउने तरखरमा रहेका शर्माले पर्वतमा आफ्नो श्रीमतीलाई जवरजस्ती गर्भपतन गराएको भन्दै पर्वत प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।
उनको श्रीमतीले म्याग्दी प्रहरीमा जाहेरी दिएपछि उनी फरार थिए । उनलाई ८ दिनअघि पक्राउ गरी अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता एवम् प्रहरी उपनिरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । ‘म्याग्दीमा कार्यरत शर्माले पर्वतको एक स्वास्थ्य क्लिनिकमा श्रीमतीको गर्भपतन गराएका रहेछन् । पर्वतमा गर्भपतन गराएको कारण हामिले पर्वतमा राखी अनुसन्धान गरेका हौँ’, प्रवक्ता अधिकारीले भने ।
प्रेम सम्बन्ध भएको समयमा युवतीलाई विवाह गर्ने प्रलोभनसँगै उनीहरुबीच शारीरिक सम्बन्ध गर्भ रहेको थियो । प्रेम सम्बन्धमा रहेपनि ध्रुवले उनलाई छाडेर अर्को विवाह गर्ने योजना बनाएका थिए तर युवती मानिन् । उनले आफैँसँग विवाह गर्नपर्छ भन्दै हंगामा गरेपछि उनले विवाह गरेका थिए । उनीहरुबीच विवाह पूर्वदेखि नै सम्बन्धमा केही खटपटसमेत चलेको प्रहरी स्रोतको भनाइ छ । धु्रव म्याग्दीमा रहँदा लागुऔषध ब्यूरोमा निकै सक्रिय रहेका थिए । उनको दरबन्दी कास्कीको वडा प्रहरी कार्यालय बैदाममा रहेपनि कार्यरत नरहेको जिल्ला प्रहरी कार्यालय कास्कीकी निमित्त प्रवक्ता कृष्ण बस्यालले जानकारी दिइन् । ‘समाचारहरुमा बैदाममा कार्यरत भने पनि यहाँ कार्यरत भने होइनन् । उनको दरबन्दि बैदाममा हो’,उनले भनिन् ‘उनी बैदाम आउनको लागि रमाना बुझेका भने रहेछन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->