मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

नागरिकता मुद्दाका अभियुक्त धरौटीमा रिहा

नागरिकता मुद्दाका अभियुक्त धरौटीमा रिहा

उक्त मुद्दामै नागरिकता दिने तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी धु्रब गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिकताको फाँटवाला नासु बिष्णुप्रसाद शर्मा बिरुद्ध पनि मुद्दा परेको छ ।


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७७, शुक्रबार

बागलुङ, ३ पुस– झुटो बिवरण पेश गरेर नागरिकता बनाएको मुद्दामा पक्राउ परेका तीन जनालाई जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।

शुक्रवार भएको थुनछेकको बहसपछि जिल्ला अदालतको आदेशमा उनीहरु धरौटीमा छुटेका हुन् । बागलुङ नगरपालिका वडा नं. ६ का पंकज सापकोटाले वडा नं. ४ को झुटो बिवरण पेश गरेर नागरिकता बनाएपछि अदालतमा मुद्दा परेको थियो । सापकोटाले इश्वर आचार्य नाम देखाएर नागरिकता बनाएको भेटिएपछि जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले सापकोटा सहितलाई प्रतिवादी बनाएर मुद्दा दिएको थियो ।

उक्त मुद्दामा वडा नं.४ का अध्यक्ष धु्रबबहादुर केसी सहित वडा सचिव प्रेमबहादुर खड्का, नागरिकता बनाउने सापकोटा, उनका काका नाता लगाएर सनाखत गरेका सन्तोष आचार्य, प्रमाणपत्र दिने शिक्षक लगायतलाइ अदालतले तीन साता अघि पक्राउ आदेश दिएको थियो । तर प्रहरीले पंकज सहित सन्तोष आचार्य र वडा सचिव खड्कालाई मात्र पक्राउ गरेको थियो । वडा अध्यक्ष केसी सहितका अन्य व्यक्ति भने फरार छन् ।

जिल्ला न्यायाधिस बासुदेव न्यौपानेको इजलासले शुक्रवार उनीहरुलाई धरौटीमा रिहाइ गरेको हो । झुटो विवरण पेश गरेर नागरिकता लिने पंकज सापकोटा नागरिकता लिएकोमा ५० हजार र राहदानी लिएकोमा ६० हजार गरी १ लाख १० हजार धरौटीमा छुटेका छन् । त्यस्तै काका नाता बनाएर सनाखत गर्ने सन्तोष आचार्यलाई ३० हजार रुपैयाँ धरौटीमा छुटाउने आदेश दिएको हो । वडा सचिव प्रेमबहादुर खड्कालाई भने शुद्ध तारेखमा छुटाइएको हो ।

अभिभावक फेरेर दोहोरो नागरिकता लिएपछि सापकोटाले राहदानी समेत बनाएर बिदेश जाने योजना बनाएका थिए । उक्त योजना बारे अदालतमा उनले बयान समेत दिएका थिए । बैदेशिक रोजगारीको लागि उनले उक्त नागरिकता बनाएको भन्ने व्यहोराको बयान सहित माफी समेत मागेको एक कानून व्यवसायीले बताए ।

अर्को आदेश नआएसम्मकालागि धरौटीमा छुटेकोले मुद्दाको फैसला भने हुन बाँकी छ । यसैबीच उक्त मुद्दामै नागरिकता दिने तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी धु्रब गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिकताको फाँटवाला नासु बिष्णुप्रसाद शर्मा बिरुद्ध पनि मुद्दा परेको छ । उक्त मुद्दामा उनीहरुको पनि संलग्नता भएको आरोप लगाइएको छ । झुटा बिवरण पेश गरेको कागजातलाई राम्रोसँग अध्ययन नगरेको उनीहरुलाई आरोप छ । अदालतले उनीहरुलाइपनि बयानकालागि बोलाउने तयारी गरेको छ । ‘मुद्दा परिसकेपछि सबैले प्रकृयामा आएर बयान दिनैपर्छ’ अधिवक्ता राजु गौतमले भने, ‘यो जटिल प्रकारको मुद्दा नभइ, देशमा रोजगारी नपाएर बैदेशिक रोजगारीमा जान खोज्ने युवाले गरेको कमजोरीले निम्तेको घटना हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->