शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

स्याङजाको हरिनासमा कोदालोको पासोले हानेर हत्या

स्याङजाको हरिनासमा कोदालोको पासोले हानेर हत्या


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०७७, शनिबार

पोखरा, ४ पुस– स्याङजाको हरिनास गाउँपालिकामा कोदालो पासोले हानेर एक जनाको हत्या भएको छ । शनिबार दिउँसो हरिनास–५ आग्रीडाँडाका ३४ बर्षीय रेशम रानाले १५ बर्षीय शेरबहादुर थापाको हत्या गरेका हुन् । थापाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले बताए । ‘समान्य विवादमा हत्या भएको भएको हो’, उनले भने, ‘हत्या गर्ने युवक मानिस सन्तुलन ठिक नभएको देखिन्छ ।’ घटनास्थलमा ईलाका प्रहरी कार्यालय मग्याम चिसापानीको टोली पुगेको उनले बताए । यसअगाडि गत बर्षको असोजमा आग्रिडाँडाका महेन्द्रबहादुर आलेको हत्या भएको थियो । हरिनास क्याक्मीकै युवाहरुले उनको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->