पोखरा, ४ पुस – पोखरा फुलबारीकी एक महिलाले आफुले लिनुपर्ने रकम माग्दा हातपात गरेको भन्दै उजुरी दिएपछि प्रहरीले प्रकाशदिप गैरेलाई पक्राउ गरेको छ । पोखरा-१६ का प्रकाशदिपकोमा रकम माग्न पुगेकी पिडितले उल्टै कुटाइ खाएकी हुन । “मैले लिनपर्ने रकम माग्दा म माथी हातपात गरे । मेरो कपडा समेत च्यातिएको छ ” पिडित महिलाले भनिन् । उनलाई रकम मिलाईदिने भन्दै प्रकाशका भिनाजु भनिने राजकुमार क्षेत्रीले दिनपर्ने ३२ लाख मिलाइदिने तर त्यसको बदलामा आफू र प्रकाशसंग शारीरिक सम्बन्ध राख्नुपर्ने भन्दै नमाने आफ्नो पावर देखाउने समेत धम्की दिएको पिडितले बताइन । प्रकाशलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयकी निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिइन् ।





