शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

देश अराजकतातर्फ : सांसद अधिकारी

देश अराजकतातर्फ : सांसद अधिकारी


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०७७, आइतबार

पोखरा, ५ पुस– संघीय सांसद एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले मुलुकमा राजनितिक अस्थिरता निम्त्याएर अराजकतातर्फ धकेल्न खोजिएको बताएका छन् ।
लेखनाथ सामुदायीक सेवा केन्द्रको सातौ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा बोल्दै सांसद अधिकारीले राष्ट्रिय अखण्डताको पक्षमा उभिएको केपी ओली सरकारलाई चौतर्फी रुपमा राजनितिक घेराबन्दी गरिएको आरोप लगाए ।
उनले पार्टी भित्र र बाहिरबाट सरकारलाई असफल बनाउन आक्रमण भएको उल्लेख गर्दै, राजनितिक अस्थिरता निम्त्याएर फाइदा लिने तत्वहरु सक्रिय भएकोसमेत बताए ।
सांसद अधिकारीले नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्ध रक्षाका लागि सवै दलहरु एकठाउँ हुनुको विकल्प नभएको उल्लेख गर्दै, अहिले राजावादीहरु सल्बलाई रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले विकास र सामाजिक संघसंस्थामा राजनीतिले प्रभाव पार्न नहुने उल्लेख गरे । उनले कोभिड १९ को प्रभावबाट बाहिर निस्केर विकास निर्माणलाई गति दिनुपर्नेमा जोड दिए ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सामाजिक विकृतिकाविरुद्ध चलाईने अभियानमा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष त्रिलोचन लामिछानेले विगतमा गरिएका राम्रा कामलाई निरन्तरता दिदै, विकृति र विसंगतिविरुद्धका सचेततामूलक कार्यक्रम संचालन गरिने प्रतिवद्धता व्यक्त गरे ।
निर्वाचन समितिका संयोजक राममणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा कास्की जिल्ला सचिवालय सदस्य शंकर पौडेल, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य राजेन्द्रमणि लामिछाने, इलाका प्रहरी कार्यालय डाडाँको नाकका प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाट, निर्वाचन समितिका सदस्य नवराज सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सेवा केन्द्रको चौधौं बार्षिक साधारण सभा तथा सातौ अबिधेशनबाट अध्यक्षमा त्रिलोचन लामिछाने, उपाध्यक्षमा लक्ष्मी प्रसाद ढुंगाना, सचिवमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा गंगाकुमारी खनाल, सहसचिवमा हरि बस्ताकोटी र सदस्यहरुमा गणेश ढुंगाना, दिपक भण्डारी, बुद्धिमाया थापा मगर, बुद्धिसागर पौडेल, सुरजजंग राणा, शिब बहादुर रानाभाट, विनोद थापा र राजु अधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->