बागलुङ, ५ पुस- बागलुङ नगरपालिका–१३ पैयुुुुँपाटाको जलजला भन्ने ठाउँमा मृतावस्थामा चितुवा भेटिएको छ । वयस्क भाले चितुवा आज जलजलाको खरबारीमा मृत भेटिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले बताए। “बिहान स्थानीयवासीले खबर गर्नुभयो, खरबारीमा मृत चितुवा उहाँहरुले देख्नुभएको रहेछ”, अधिकारीले भने-“वन कार्यालयको टोलीले मृत चितुवा उठाएर ल्यायो ।” के कारणले चितुवा म¥यो यसै भन्न नसकिएको उनले बताए । चितुवाको शरीरमा कुनै चोटपटक छैन । मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण गरिएको र रिपोर्ट आउन बाँकी छ ।