पोखरा, ६ पुस– महिलामाथि हुने शोषणको मुद्दा प्रहरीले तत्कालै लिने गर्दछ । पीडित पक्षले चाहेअनुसार मुद्दा हाल्न सक्छ । प्रहरीको काम मुद्दा दर्ता गराई सत्यतथ्यको अनुसन्धान गर्नु हो । कास्की प्रहरीले भने यौन दुव्र्यवहारको मुद्धा लिन नमिल्ने बताउँदै अभद्र व्यवहारमा मुद्दा हाल्न आग्रह गरेको छ ।
पोखरा १६ दिपमा रहेको सच्याईका पास्टर प्रकाशदीप गैरेले महिलामाथि हातपात गर्दै छातीको कपडासमेत च्यातिदिए । पीडित महिलाले शनिबार सच्चाई भजन मण्डलीमा नै गएर आफूले लिनपर्ने रकम माग्दा भित्री बस्त्रसमेत च्यातिने गरी प्रकाशले हातपात गरेका हुन ।चितवनको माडीमा २ कठ्ठा जमिन लिएका प्रकाशसंग बारम्बार लिनुपर्ने १६ लाख रकम माग्दा नदिएको र आइतबार उल्टै हातपात गरेका हुन । तर, प्रहरीले पीडितको भनाइ सुन्दै जाहेरी दिन अदालत जान आग्रह गर्नुमा आन्तरिक रुपमा दबाब आएको हो कि भन्ने शंका समेत उब्जिएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिन पुगेकी पीडित महिलालाई दिनभर छलफलमा राख्दै अभद्र व्यवहारमा मुद्दा हाले तत्कालै दर्ता गराउने र यौन दुव्र्यवहारमा हाले अदालत जान भनेको पीडितका श्रीमानले जानकारी दिए । ‘हामीले यौन दुराचारमा मुद्दा हाल्न खोज्दा एसपी सापले (जीवन कुमार श्रेष्ठ) दर्ता गराउन नसकिने बताउनुभयो’,एसपी श्रेष्ठको भनाईलाई उधृत गर्दै पीडितका श्रीमानले भने, ‘अदालतमा मुद्दा हाल्नुस् अदालतले भनेपछि हामी पक्राउ गरेर ल्याउँछौ ।’
कुनै महिलाले आफू दुव्र्यवहारमा परे मुद्दा हाल्न पाउँछन् । सरकारवादी मुद्धा प्रहरीले दर्ता गराउनै पर्ने हो पीडितले जाहेरी दिन खोजे । तर, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवाष हमालले पीडित पक्षले यौन दुव्र्यवहारको मुद्दा प्रहरीमा हाल्न नखोजेको बताए । ‘यौन दुव्र्यवहारको मुद्दा पक्का भयो भने दर्ता गराउने हो । अदालन जान्छु भन्नुभएको छ ’, प्रवक्ता हमालले भने । प्रहरी र पीडितको कुरा भने बाझिएको छ । पीडितले प्रहरीले यौन दुव्यवहारमा मुद्दा नहालेर अभद्रमा हाल्न सुझाएको बताएका छन् भने प्रवक्ता हमालले भने पीडितले नै अदालत जाने निर्णय गरेको बताए । प्रकाशले शनिबार समेत बगर प्रहरीले पक्राउ गर्दा हिरासतमा नबस्ने अडानसमेत लिएका थिए । आइतबार प्रहरीले समेत पिडितको जाहेरी फेर्न बल गरेको थियो । तर पीडित मानेनन् र अदालत जाने प्रयत्न गरे ।
‘प्रहरीमा दिनभर बस्यौँ, मैले यौन दुव्र्यवहारको जाहेरी हाल्न खोजेँ तर प्रहरीले भने लिन मानेन । बरु अभद्र व्यवहारमा हाल्न भने, मेरो भित्री अंग छोपिने बस्त्र नै च्यातिने गरि छातिमा समातेका हुन्’, पीडित महिलाले भनिन् । अभद्रमा हाल्दा आज भोलिमै वा एक वर्षमै निस्किन मिल्दोरहेछ । प्रहरीले पनि सोहि दिशामा जानमात्र आग्रह ग¥यो दिनभर’, महिलाले भनिन् ।
हाम्रो पावर तिमिलाई देखाउँछु ,तिम्रो बूढालाई अपहरण गर्दा प्रहरीले के ग-यो ?
धर्म परिवर्तन गर्दै शरीरसँग मजा गर्न दिए सबै रकम मिलाइ दिने बताउँदै रामकुमार क्षेत्रीले फेसबुक म्यासेजमा धम्की दिएको पीडितले बताएका छन् । पीडित महिलालाई म्यासेज गर्दै ‘तिम्रो चितवन माडीको जग्गा विजयदीप गैरेले पास गरेको हो तर पैसा देको छैन सच्चाई धर्म मान म दिन्छु है । होइन भने मेरो गाडी दिन्छु’, भन्दै दबाब दिएको प्रमाण प्राप्त भएको छ । म्यासेजकै क्रममा क्षेत्रीले पीडितका श्रीमानलाई सच्चाईको विरोध नगरी धर्ममा आउन निकै कसरत गरेको देखिन्छ । सोही क्रममा पिडितले मेरो पैसाको कुरा गर्नु है भन्दै रिप्लाई दिन्छिन् । त्यसपछि उताबाट रिप्लाई आउँछ, ‘प्लिज मलाई तिम्रो सेक्सीबडीमा मजा गर्न देऊ म तिम्रो सबै पैसा मिलाइदिन्छु ।’ म्यासेजमा आफू र प्रदीपसँग यौन सम्पर्क राख्न प्रस्ताव पनि गरिएको छ । उता, पीडितका श्रीमानले भने ०७६ साल असोज ४ गते आफुलाई अपहरण गरेको र दबाबमा साथी भन्न लगाउँदै भिडियो बनाउँदा प्रहरीले छाडेको बताए । ‘त्यतिबेला मैले साथी हो भनेँ । प्रहरीले सोही अनुसार भिडियो बनाएर छाड्यो, अहिले उनीहरु आफैँले समेत अपहरण गरेको स्विकारेका छन्’, उनले भने ।





