पोखरा, ६ पुष– हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगमा रहेको न्याम्डो त्रिरत्न (छोर्तेन) पुननिर्माण समितिले पोखराका बृद्धाश्रम तथा अपाङता भएका ब्याक्तिहरुलाई ब्लाङकेट तथा खाद्या सामाग्री वितरण गरेको छ । मुस्ताङको लोमन्थाङ गाउपालिका वडा नम्बर ४ न्याम्डो गाउमा रहेको न्याम्डो त्रिरत्न पुननिर्माण समितिले पोखराको लेखनाथमा रहेको अपांगमैत्री समाजमा आवद्ध रहेका ३१ जनालाई ब्लाङ्केट सहित खाद्यान्न वितरण गरेको हो ।
समितिले अपांगमैत्री समाज, पोखरा ३२ स्थित राधाकृष्ण बृद्धाश्रम, पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रम,पोखरा १५ मा रहेको राष्ट्रिय परोपकार महांसंघ, पोखरा १८ बाच्छेबुडुवामा रहेको बात्सायन वृद्धाश्रम र पोखरा १७ मा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न वितरण गरेको हो । उच्च हिमाली क्षेत्रमा बसोवास गर्दै त्रिरत्न (छोर्तेन) को संरक्षणमा लाग्दै गर्दा पोखरामा रहेका अशहाय बृद्धबृद्धाहरुलाई समेत सानो भएपनि सहयोग गर्ने उद्देश्य अनुरुप पोखराका विभिन्न ठाउमा रहेको बृद्धाश्रम र अपांगमैत्री समाजमा रहेका ब्याक्तिहरुलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको न्याम्डो त्रिरत्न (छोर्तेन) पुणनिर्माण समितिका अध्यक्ष लेक्क्षे लामा गुरुङले वताए ।
समितिले न्यानो कपडा र खाद्यान्न वितरण गरेकोमा आफुहरु निकै खुसी भएको अपांगमैत्री समाजका सदस्य शुसिल गोदारले वताए । उपल्लो मुस्ताङबाट प्रतिनिधीत्व गर्ने गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा विष्टको पहलमा विगतदेखी विभिन्न सामाजिक कार्य गर्दै आइरहेको उनले बताए
बृद्धबृद्धा तथा बालवालिकाका लागि आगामि दिनमा समेत सहयोग जुटाउने समितिका सदस्य वाङ्दी गुरुङले वताए ।





