बागलुङ, ७ पुस– रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेर सामाजिक सञ्जालमार्फत संगठित भएका युवाहरुको समुहले मानव सेवा आश्रमलाई सिरक सहयोग गरेको छ । युवाहरुको समुह ‘एमआरआर’ दक्षिण कोरियाले मानव सेवा आश्रम बागलुङलाई ३५ थान फाईवर सिरक सहयोग गरेको हो । ‘एमआरआर ग्रुप’को नवौं स्थापना दिवसको अवसरमा खर्च कटाएर जम्मा भएको रकमले आश्रमलाई सहयोग गरिएको समुहका सदस्य केदार गौतमले बताए । न्यानो सहयोग भन्दै युवाहरुले आश्रममा सिरक बोकेर पुगेका थिए । सोही समुहमा आवद्ध नेपालमा रहेका सदस्यहरुमार्फत सिरक आश्रममा पु¥याईएको हो । दाताहरुको सहयोगका भरमै सञ्चालन हुँदै आएको आश्रममा युवाहरुको सहयोगले थप टेवा पु¥याउने आश्रम सञ्चालिका सुमिरा लामा बताउँछिन् । आश्रममा अहिले बालबालिका र वृद्धवृद्धासहित ३९ जनाले आश्रय लिएर बसेका छन् । ‘हामीले सानो सहयोग गर्दा आश्रितहरुलाई सहयोग पुग्छ भने किन नगर्ने’ गौतमले भने ‘विदेशमा साथीहरुले खर्च कटाएर पठाएको रकमको सदुपयोग भएको छ ।’





