मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङमा ओली पक्षका नौ जना केन्द्रीय सदस्य थप !

बागलुङमा ओली पक्षका नौ जना केन्द्रीय सदस्य थप !

पार्टीका पूर्वअध्यक्ष श्रीप्रसाद शर्माले आँफ्नो सहमति नभएको बताए । उनले भने, ‘मैले सहमति दिएको पनि छैन, म त्यो गुटमा पनि लाग्दिन ।’


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०७७, मंगलबार

बागलुङ, ७ पुस – सत्तारुढ ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बालुवाटारमा मंगलवार विहान वसेको बैठकले बागलुङका थप नौ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यद्यपी मनोनित गरेको भनिएका कतिपयले आफु सो गुटमा नभएको वताएका छन् ।
आफूपक्षीय केन्द्रीय समिति सदस्यहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका थिए । ती मध्येमा बागलुङबाट थप नौ जना केन्द्रिय सदस्यमा मनोनित गरेको गण्डकी प्रदेशका सचिव गोबिन्द नेपालीले जानकारी दिए ।
नेकपाको हाल कायम रहेको ४ सय ४७ केन्द्रीय समिति सदस्यमा ५ सय ४७ सदस्य थप गरेका छन् भने बाँकी १ सय ९६ सदस्य पछि थपिने व्यवस्था बैठकले गरेको छ ।
सचिव नेपालीका अनुसार बागलुङबाट केन्द्रिय सदस्यमा मनोनित हुनेहरुमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, एमालेका पूर्व अध्यक्ष श्रीप्रसाद शर्मा, टेक बहादुर केसी, सूर्य पाठक, नरबहादुर थापा, ममता शर्मा,  भीम प्रसाद गौचन ‘सूनिल’, हिरा बहादुर केसी र मोहनलाल शर्मा रहेका छन् । बागलुङबाट यस अगाडि नै मन केसी र गोविन्द नेपाली केन्द्रिय सदस्य छन् ।
मनोनित भएकाहरुले कसैले आफुले सो पद स्विकार गरेका छन् भने कसैले अस्विकार गरेका छन् । केन्द्रीय सदस्य मनोनित भएको प्रश्नमा पार्टीका पूर्व अध्यक्ष श्रीप्रसाद शर्माले आँफ्नो सहमति नभएको बताए । ‘मैले सहमति दिएको छैन’ उनले भने, ‘मेरो स्विकृति पनि छैन । म त्यो गुटमा पनि लाग्दिन ।’
सदस्यमा मनोनित भएकामध्ये बानपाका नगरप्रमुख जनकराज पौडेल, ममतादेवी शर्मा र नरबहादुर थापाले आफ्नै सहमतिमा भएको र स्विकार्य भएको बताए ।
हिराबहादुर केसीले भने प्रतिक्रिया दिन चाहेनन् । मोहनलाल शर्माले भने आफुँ बिरामी भएको भन्दै फोन आएको र आफ्नै विवेक प्रयोग गर्नु भनेको बताए । मनोनितमा पर्ने पाठक र टेकबहादुर केसी यसअघिनै ओलीको वकालत गर्नेमा पर्छन् । भीमप्रसाद शेरचन सूनिलले आफु गुटमा नलाग्ने वताए । मनोनितमा परेकी गीता शर्माले आँफू पार्टी एकताको पक्षमा रहेको तर कुनै पनि गुटमा नभएको बताएपछि उनको नाम केन्द्रिय सदस्यको सूचिबाट हटाईएको छ । उनले भनिन्, ‘मलाई केन्द्रीय सदस्य चाहिएको छैन, पार्टी एकता चाहिएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->