पोखरा, ८ पुस– पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुृदेवी गुरुङले महानगरको विकासमा सरकार र नागरिकबीच सहकार्य आवश्यक रहेको बताएकीछन् । पोखरा महानगरपालिका वडा नम्वर १४ मोहन मार्ग स्थित भूपू सैनिक सक्रिय टोलले निर्माण गरेको फुटट्रयाकको उद्घाटन पछि बोल्दै उनले भूपू सैनिकहरु आफनो इमान्दारिता, बहादुरी प्रदर्शन गरेर विश्वमा चिनाएको भन्दै टोललाई नमूना बनाउन भूमिका खेलेको बताए ।
उनले समाजमा पछाडी परेका महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरेको बताए । समाज र देशलाई आर्थिक विकास र समृद्धिमा अगाडी बढाउन महिलालाई सक्षम बनाउनुपर्ने आजको आवश्यकता रहेको जनाइन् ।
वडा सदस्य जीतेन्द्रजंग थापाले भूतपूर्व सक्रियटोल पोखरा १४ को नमुनाटोल बनेको बताइन् । भूपू सक्रिय टोलका कोषाध्यक्ष क्याप्टेन गोलमान गुरुङले आफ्नो पेन्सन पावत आउने पैशादश/दशदिनको कटाएर फुट ट्रयाक, फुटट्रयाकमा रेलिङ, स्टेन सहितको फूलको गमला र टोललाई सुरक्षित बनाउन ६ वटा सिसि क्यामेरा जडान गरेको बताए । टोलका उपाध्यक्ष दलबहादुर गुरुङले आफनो टोल आफनै बनाआँै भन्ने उद्देश्यले काम गरेको जनाए ।





