मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

नागरिकता सम्बन्धी मुद्दामा वडा अध्यक्षले तिरे धरौटी

नागरिकता सम्बन्धी मुद्दामा वडा अध्यक्षले तिरे धरौटी


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०७७, बुधबार

बागलुङ, ८ पुस– नागरिकता सम्बन्धी मुद्दामा डेढ महिनादेखि फरार रहेका बागलुङ नगरपालिका वडा नं. ४ का अध्यक्ष धु्रबबहादुर केसी अन्नत अदालतमा हाजिर भएका छन् ।

मंगलवार अदालतमा हाजिर भएर बयान दिएका केसी १० हजार धरौटी तिरेका छन् । उनले धरौटी बुझाएपछि तारेखमा छुटेका छन् । झुटो बिवरण पेश गरेर नागरिकता बनाएको मुद्दामा केसी सहित ५ जनालाई अदालतले पक्राउ आदेश दिएको थियो । उक्त आदेशपछि मंसिर पहिलो साता केसी फरार थिए ।

गत शुक्रवार भएको थुकछेक बहसमा पक्राउ परेका अन्य अभियुक्तपनि धरौटीमा छुटेका छन् । केसी भने थुनामा बस्ने अवधिभर फरार भएका थिए । बागलुङ नगरपालिका वडा नं. ६ का पंकज सापकोटाले वडा नं. ४ को झुटो बिवरण पेश गरेर नागरिकता बनाएपछि अदालतमा मुद्दा परेको थियो । सापकोटाले इश्वर आचार्य नाम देखाएर नागरिकता बनाएको भेटिएपछि जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले सापकोटा सहितलाई प्रतिवादी बनाएर मुद्दा दिएको थियो ।

जिल्ला अदालतले उक्त मुद्दामा केसी बाहेक नागरिकता बनाएका युवा र सूचक भरिदिने काका नाताका सन्तोष आचार्यलाई धरौटीमा छाडेको हो । वडा सचिव प्रेमबहादुर खड्का भने शुद्द तारेखमा छुटेका छन् । उक्त मुद्दामै दोषी देखाइएका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी धु्रब गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिकता फाँटका नासु बिष्णुप्रसाद शर्मालाईपनि बयानमा बोलाएको छ । उनीहरुले बुधवारदेखि बयान दिन थालेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->