मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

वडा कार्यालय जोड्ने सडक कालोपत्रेको काम सुरु

वडा कार्यालय जोड्ने सडक कालोपत्रेको काम सुरु


  • ढोरपाटन संबाददाता
  • पुष ९ २०७७, बिहिबार

बागलुङ, ९ पुस– मध्यपहाडी लोकमार्गले फेरो हालेको काठेखोला गाउँपालिकामा कालोपत्रे सडक देख्न गलकोट नगरपालिकाको सिमानामा पुग्नुपर्छ । लोकमार्गको घोडाबाँधे गलकोट खण्डको कालोपत्रेका क्रममा भएको झण्डै एक किलोमिटर सडक कालोपत्रेबाहेक गाउँका सर्वसाधारणले सुविधा पाउनेगरी काठेखोलामा पक्की सडक छैन् ।
गाउँपालिकाले दुई वर्षदेखि आफ्नै पहलमा वडा कार्यालयहरु जोड्ने सडकको कालोपत्रे गर्ने योजना अघि सारेको भएपनि हालसम्म स्तरोन्नतीकै काम बाँकी थियो । पहिलोपटक चालु आर्थिक वर्षमा पालिका मुकाम वडा नं. ६ को बिहुँसुल्डाँडा एक्लेफाँटदेखि वडा नं. ७ रेश वडा कार्यालयसम्मको सडक कालोपत्रेको काम थालिएको छ ।
गत आवमा कालोपत्रेको योजनामा रहेको यो सडक कोरोना महामारीका कारण बजेट फिर्ता भएपछि काम हुन सकेको थिएन । चालु आवमा संघीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्रे गर्न थालिएको हो ।
सुल्डाँडादेखि वडा कार्यालयतर्फको पाँच सय मिटर कालोपत्रेको लागि तयारी अवस्थामा छ । बहुवर्षिय योजनाअन्तर्गत गाउँपालिकामा पहिलोपटक सडक कालोपत्रे थालिएको काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए ।
सडक कालोपत्रेको काम आचार्य जेभीले पाएको छ । ६ करोड ७१ लाख रुपैयाँमा कालोपत्रे सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । अहिले कालोपत्रेको लागि आवश्यक सडक कटिङ्ग, फिलिङ्ग, ग्याविन, पर्खाल तथा नाली निर्माणको काम भैरहेको ठेकेदार कम्पनीका सञ्चालक निर्मल ज्योती आचार्यले जानकारी दिए ।
सडकको धेरै लामो खण्डभन्दा पनि बलियो र टिकाउ हुने पिच गर्ने योजनामा रहेको उनको भनाई छ । चालु योजनाले गाउँपालिका केन्द्रदेखि वडा कार्यालय नपुगेपनि आगमी वर्षको बजेटले अधुरो योजना पुरा हुने वडाध्यक्ष लामिछानेको भनाई छ ।
रकम अभाव नभए आउँदो जेठ मसान्तसम्म कालोपत्रेको काम सम्पन्न गर्ने निर्माण व्यवसायी आचार्यको भनाई छ । ‘हामीलाई भुक्तानीको ग्यारेन्टी हुनुपर्छ काम जतिसक्दो छिटो गछौँ’ उनले भने– ‘पालिकाको पहिलो कालोपत्रे योजना भएको हुँदा बजेट अभाव हुँदैन भन्ने विश्वास लिएका छौँ ।’
काठेखोलाले निर्वाचनको पाँच वर्षभित्र बिहुँ सुल्डाडाँदेखि प्रत्येक वडाको कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ । प्रत्येक वडाको कार्यालयसम्मको सडक कालोपत्रे गर्ने योजनाअनुसार डिपिआर बनाउने काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । रेश र लेखानीको वडा कार्यालयसम्म जोड्ने सडकको कालोपत्रे गर्ने काम गत वर्षदेखि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->