
फाईल तस्विर
पोखरा, १२ पुस– वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ‘६३ युनिट’ संकलन भएको छ ।
पोखरा महानगरपालिका १० अमरसिंहचोकमा क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न रक्तदान कार्यक्रमबाट ६३ युनिट रक्त संकलन भएको हो ।





