पोखरा, १३ पुस– ग्रामिण भेगमा वसोवास गर्ने नेपालीहरुमा स्वास्थ्य सम्वन्धी काम गर्न र आवश्यकीय स्वास्थ्य जानकारी दिनका लागि मनिपालमा अध्ययनरत विद्यार्थीहरुले डाक्टर्स गाउँले कार्यक्रम संचालनमा ल्याएका छन् ।
मणिपाल शिक्षण अस्पतालमा अध्ययनरत २०१६ को व्याचका विद्यार्थीद्धारा २०७५ सालमा संस्था स्थापना गरिएको संस्थाले हृदयाघात, मधुमेह, कोरोना, डेंगु, दाँत रोग लगायतका विभिन्न रोगकोबारेमा आवस्यक सेवा दिइसकेको छ ।
संस्थाका प्रचारप्रसार संयोजक राहुल गोइतका अनुसार आगामी दिनमा महिला र वृद्ध वृद्धाहरुमा लक्षित गरेर स्वास्थ्य सेवा र जानकारी उपलव्ध गराईने छ । रोट्र्याक्ट क्लसँग मिलेर स्तनपानको महत्वबारे पनि सचेतना कार्यक्रम गरिसकेको उनले बताए । आफूहरुको संस्था डक्टर गाउँले र यसबाट सञ्चालन भएका कार्यक्रमबाट धेरै लाभान्वित भएको र धेरै ठाउँबाट प्रशंसा पाएको गोइतले बताए ।
स्वास्थ्य सम्बन्धी जानकारी सबैका लागि भन्ने मूल उद्देश्यका साथ सञ्चालन भएको संस्थाले विभिन्न रचनात्मक कार्य गरेको छ । संस्थामा हाल २५ जना सदस्य रहेको प्रचार प्रसार संयोजक गोइतले जानकारी दिए ।





