मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बैसाखमा निर्वाचन हुनै सक्दैन : नेता शेरचन

बैसाखमा निर्वाचन हुनै सक्दैन : नेता शेरचन


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७७, सोमबार

बागलुङ, १३ पुस– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रत्ना शेरचनले शेरचनले बैसाखमा निर्वाचन हुनै नसक्ने ठोकुवा गरेकी छिन् ।
नेकपा दल कुन गुटको आधिकारिक हुने, कुन दलले के चिन्ह पाउने भन्ने बिषय र सर्वोच्चको फैसला आउने समयनै धेरै लम्बिने भन्दै तत्काल निर्वाचन नहुने बताएकी हुन् । उनले निर्वाचन गर्ने नियतले मिति तोकिएको नभइ प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता लम्ब्याउने खेल भएको समेत आरोप लगाइन् ।
‘सर्बोच्चको फैसला कहिले हुन्छ भन्ने यकिन छैन, निर्वाचन हुन सबै तयार पनि हुनुपर्छ, तयार छैनन्’ उनले भनिन्, ‘नेकपाकै दुइ खेमाले आँफू संस्थापक बन्ने र चुनाव चिन्ह के पाउने भन्ने रस्साकस्सीमै अलमलिएका छन् ।’ संस्थापक बन्न नसके घोषणा गरेका ओलीको पक्ष समेत निर्वाचनमा जान नचाहने उनको टिप्पणी छ ।
संविधान कुल्चेर सत्ता लम्ब्याउने, गैर संवैधानिक क्रियाकलाप गरिरहने जस्ता क्रियाकलापका लागि निर्वाचन मंचन गरिएको नाटक भएको उनको आरोप छ । कांग्रेसले सोमबार बागलुङ बजारमा आयोजना गरेको बिरोध कार्यक्रममा उनले संविधान बिरोधी काममा निरन्तर खवरदारी आवस्यक भएको समेत उनको धारणा छ ।
कांग्रेसले सोमबार देशभर बिरोध प्रद्र्धन र धर्ना लगायतका कार्यक्रम गरेको छ । बागलुङ बजारमा आयोजित कार्यक्रममा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले निर्वाचनबाट कांग्रेस पछि नपर्ने बताए । ‘केपी ओलीले साँचिकै निर्वाचन गराउन खोजेकै हुन् भने कांग्रेस निर्वाचनबाट भाग्दैन’ पौडेलले भने, ‘लोकतन्त्रको रक्षाकालागि निर्वाचनमा होमिने र निर्वाचन मार्फत पद्दतीको थालनी गर्न कांग्रेस तयार छ ।’ उनले पनि ओलीले संसद बिघटन गरेको काम भने गैरसंवैधानिक भएको आरोप लगाए । अस्थिर सरकारकै कारण स्थायीत्व बनाउन संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार नदिएको उनले बताए ।
बागलुङ संसदीय निर्वाचन क्षेत्र नं. १ का अध्यक्ष चिरन्जिवि गौतमको अध्यक्षता, सचिव बिकास शर्माको संचालनमा सम्पन्न बिरोध सभामा पूर्व सभापति मणभन्द्र शर्मा, प्रकाश पौडेल, पार्टी सभापति दिपेन्द्रबहादुर थापा, जिल्ला समिति सदस्य बसन्तकुमार श्रेष्ठ र महिला संघकी अध्यक्ष शकुन्तला शर्मा लगायतले बोलेका थिए । कांग्रेसले बागलुङ बजारमा दुइ घण्टा सम्म सडकमै बसेर धर्ना गरेको थियो ।
सोमबारै बुर्तिवाङमा आयोजित कार्यक्रममा क्षेत्रीय अध्यक्ष द्रोण कुँवर, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, महाधिवेसन प्रतिनिधि मन्जेस बम मल्ल, दिलमाया पौवी, क्षेत्र नं. २ कका अध्यक्ष रामबहादुर खत्री, प्राध्यापक संघका अध्यक्ष धु्रब गौतम लगायतले बोलेका थिए । सोमबारको बिरोधमा अधिकांस नेताहरुले गत बैसाखमा ल्याएको दल बिभाजन सम्बन्धी अध्यादेशबाट सरकारले संविधान बिरुद्धको काम थालेको आरोप लगाएका थिए । उनीहरुले त्यतिबेला माधव नेपाल र प्रचण्डहरुले सशक्त बिरोध नगर्दा सरकार संविधान बिरुद्ध सक्रिय भएको आरोप समेत लगाए । सोमबार कांग्रेसले देशभर बिरोध प्रद्र्धशनपनि गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->