मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङ सहकारीको अध्यक्षमा अशोक गोबिन्द राजभण्डारी निर्विरोध निर्वाचित

बागलुङ सहकारीको अध्यक्षमा अशोक गोबिन्द राजभण्डारी निर्विरोध निर्वाचित


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७७, बुधबार

बागलुङ, १५ पुस– बागलुङ बहुउद्धेश्यीय सहकारी संस्थाको सातौ अधिवेसन तथा १९ औं बार्षिक साधारणसभाबाट अशोक गोबिन्द राजभण्डारी निर्विरोध अध्यक्षमा चयन भएका छन् ।

हालपनि अध्यक्ष रहेका राजभण्डारी पुस १९ गते हुने निर्वाचनकालागिपनि निर्विरोध भएका हुन् । निर्वाचन समितिले पुस १९ लाइ मतदान मिति तोकेको थियो । मंगलवार मनोनयन दर्ता गर्नुपर्ने समय तोकिएको थियो ।
उक्त समयमा राजभण्डारीको मात्रै अध्यक्षमा मनोनयन परेपछि निर्विरोध भएका हुन् । साथै उनी सहित १३ सदस्य रहेको कार्यसमितिनै निर्विरोध भएको सहकारीकी पसल बिभाग सदस्य बिनु केसीले जानकारी दिइन् ।

सहकारीको उपाध्यक्षमा दुर्गादत्त शर्मा आचार्य, सचिवमा हरिप्रसाद गौतम, कोषाध्यक्षमा राजेन्द्र प्रसाद शाक्य र सहसचिवमा उशा पौडेल रहेका छन् । त्यस्तै सदस्यमा अर्जुन घिमिरे, रघुनाथ राजभण्डारी, निर्मला जिसी, दर्शन प्रसाद श्रेष्ठ, लक्ष्मी शाक्य, सरिता थापा, कृष्ण शर्मा र विश्वास राजभण्डारी पनि निर्विरोध भएका हुन् । समितिमा राजभण्डारी, सहसचिव पौडेल र सदस्य घिमिरे पाँचौपटक सहकारीमा दोहोरिएका हुन् । सहकारीको लेखा समितिपनि निर्विरोध भएको छ । लेखा समितिको संयोजकमा रामचन्द्र शर्मा, सदस्यमा राजनकुमार श्रेष्ठ र बिष्णुकुमारी लम्साल रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->