मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

भीमापोखराका विपन्नलाई न्यानो उपहार

भीमापोखराका विपन्नलाई न्यानो उपहार


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७७, बुधबार

बागलुङ, १५ पुस– रोजगारीको शिलशिलामा कोरियामा रहेका नेपालीहरुले खाजा खर्च कटाएर जम्मा भएको रकमले चलाएको न्यानो बाँड्ने अभियानले बागलुङको काठेखोला गाउँपालिका ५० परिवारको लागि सिरक उपलव्ध गराएको छ ।
चिसोका कारण विपन्न परिवारको दैनिकी कष्टपूर्ण नहोस् भनेर अभियानले वडा कार्यालयमार्फत ५० परिवारलाई सिरक उपलव्ध गराएको हो । कोरियामा खरिद गरिएका सिरक युवाहरुको समुहले काठेखोला पठाएको थियो । गाउँपालिका अध्यक्ष, छिमेकी वडाका अध्यक्षहरुको उपस्थितीमा वडाले कोरियाबाट प्राप्त सिरक चिसो प्रभावित परिवारका लागि बाँढेको वडाध्यक्ष बिद्यापति शर्माले बताए ।
‘अघिल्ला वर्षहरुमा तराईका जिल्लामा उहाँहरुले न्यानो अभियान चलाउनुभएको रहेछ’ शर्माले भने ‘बागलुङका युवा केदार गौतममार्फत यहाँका विपन्न समुदायको अवस्था जानकारी गराएपछि हामीलाई पनि उहाँहरुले सहयोग गर्नुभयो ।’ चिसोका समयमा हुनेखानेको दैनिकीजस्तो विपन्न वर्गको दैनिकी नहुने भएकाले न्यानो बाँड्ने अभियान चलेको अभियान्ता केदार गौतम बताउँछन् ।
एकथान सिरकको २ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म पर्ने उनले बताए । वडा कार्यालयले टोलहरुमा रहेका अतिविपन्न परिवारको पहिचान गरी सिरक उपलव्ध गराएको छ । ‘चिसोमा हाम्रा कमजोर समुदाय सधैं समस्यामा रहन्छन्, सिरकले भएपनि परिवारमा राहतको अनुभव गराउने छ’ वडाअध्यक्ष शर्माले भने ।
सिरक वितरण गर्दै गाउँपालिका अध्यक्ष अमर थापाले युवाहरुको सहयोग अतुलनिय भएको बताए । स–साना सहयोगले गाउँपालिकाको सामाजिक विकासमा सहयोग गर्ने भन्दै थापाले न्युन स्रोत भएका स्थानीय तहमा सबै क्षेत्रको सहयोग र साथ आवश्यक हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->