शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पुरानो घरमा होमस्टे नयाँघरमा रेष्टुरेण्ट

पुरानो घरमा होमस्टे नयाँघरमा रेष्टुरेण्ट


  • विजय नेपाली
  • पुष १६ २०७७, बिहिबार
फाइल तस्विर

पोखरा, १६ पुस– पोखरामा १८ तोरीपानीका प्रेम तिमिल्सीनाले होमस्टे र रेष्टुरेट संगै सञ्चालनमा ल्याएका छन् । कोरोना भाइरसले थलिएको अवस्थामा आफ्नै गाउँठाउँमा व्यवसाय गर्ने लक्ष्यका साथ उनले नयाँ तरिकाले व्यवसाय सञ्चालनमा ल्याएका हुन । पुरानो घरमा पुरानै खानपानको व्यवस्था हुने छ भने नयाँमा आधुनिक खानपानको व्यवस्था हुनेछ ।
पछिल्लो समय गाउँघरलाई होमस्टेको रुपमा सञ्चालन गरिरहँदा उनले भने दोहोरो रुपमा सोच्दै व्यवसायलाई सार्थकता दिएका छन् । होमस्टेमा समेत रेष्टुरेण्ट जस्तो बनाइरहँदा उनले फरकशैलीले फरक स्वादमा एकै ठाउँबाट पर्यटक तान्ने योजना बनाएका हुन । उनले सञ्चालन ल्याएसंगै राम्रो आम्दानी समेत गरेका छन ।
तिमिल्सीनाले पुख्र्यौली पुरानो घरलाई होमस्टेको रुपमा सञ्चालन गरेका छन भने नयाँ आरसिसि घरमा रेष्टुरेन्ट एवम् होटल सञ्चालन गरेका छन् । सबैलाई एउटै स्वाद मन पर्दैन् । घुम्न आउने सबै होमस्टेमै बस्छन वा होटलमै बस्छन भन्ने हुदैँन । होमस्टेमा गाउँघरअनुसारकै खाना हुन्छ र त्यहि खानपर्छ । तर रेष्टुरेन्ट मनपराउँनेले अर्डर अनुसार खान पाउनछन् ।
दुवै कुरालाई एकै ठाउँमा राख्दा पर्यटन वृद्धिमा समेत टेवा पुग्ने उनको विश्वास छ । तोरीपानीबाट सुर्योदय र सुर्यअस्त दुवै अवलोकन गर्न सकिन्छ । तोरीपानीले पर्यटन सम्भावना बोकेकाले गाउँलाई नमुना होमस्टे बनाउन सकिने उनको धारणा रहेको छ ।
‘घरमा १ वा २ कोठा होमस्टेको लागि बनाउनपर्छ,‘उनले भने,‘समुदायका सबै मानिस मिलेमा पर्यटन विकास हुन्छ गाउँको आर्थिक अवस्थामा पनि सुधार आउछ ।’ होमस्टे र रेष्टुरेन्टमा अहिले ८ जानले रोजगारी पाएका छन् । होमस्टेको कारण तोरिपानीको प्रचार प्रसार भएको उनको भनाई छ ।
होमस्टे र रेष्टुरेन्टमा गरी हाल ८ जानले रोजगारी पाएको उनको भनाइ छ । होमस्टेको कारण तोरिपानीको प्रचार प्रसार हुनेगरेको सुनाउँदै गाउँलाई नै होमस्टे बनाउन सके स्थानीयले रोजगारका साथै मनग्य आम्दानी समेत गर्नेसकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->