मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कृषिको भवन नगरपालिकाले नछाड्ने

कृषिको भवन नगरपालिकाले नछाड्ने


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७७, शुक्रबार

बागलुङ, १७ पुस– बागलुङ नगरपालिकाले दुइ वर्षअघि कब्जा गरेर बसेको तत्कालिन जिल्ला कृषि विकास कार्यालय नछाड्ने भएको छ ।
नगरप्रमुख जनकराज पौडेलले सार्वजनिक काम र जनताको सेवाका लागि कार्यालय स्थापना गरेकोले नछाड्ने बताए । कृषि मन्त्रालयले आफ्नो भवन खाली गर्न र उक्त भवनमा कृषि ज्ञान केन्द्र स्थापना गर्ने भनेपछि मुख्यमन्त्री कार्यालयले पनि खाली गरिदिन पत्राचार गरेको थियो । पुस ६ गतेको पत्र पाएको पौडेलले बताए ।
दुइ वर्षअघि रात्माटामा रहेको नगरपालिकाको कार्यालय कृषिको भवनमा सारेपछि भवनमा रहेका कागजात र सामग्रीसमेत हिनामिना भएको टिप्पणी भएको थियो । सरकारी निर्णयले कृषि कार्यालय आउने भएपछि किसान खुसी भएपनि नगरपालिकाले भवन नछाड्ने भएको हो ।
‘हामीले पत्र पायौं, कार्यालय आउने भएपछि खुसी पनि लाग्यो’ पौडेलले भने, ‘उक्त कार्यालयका लागि उपयुक्त भवनको खोजीमा छौं ।’ नगरपालिकाले आफ्नो सेवा यहींबाट दिने र कृषिलाई अन्य कुनै भवन खोजीदिने उनले बताए । ‘हामीले कब्जा गरेका थिएनौं, बरु आवस्यकताले बसेका हौं, त्यसैले छाड्ने कुरै भएन’ उनले भने, ‘नगरपालिकाको सेवा नपुगेर ५ ठाउँबाट दिइरहेको बेला सरेर कता जाने ?’
रात्माटामा रहेको आफ्नै भवन भने नगरपालिकाले खाली छाडेको छ । स्थानीय सरकार संचालन ऐन अनुसार जिल्ला समन्वय समितिको अनुमति र समन्वयले कृषि भवनमा सरेकोले नगरपालिका अन्यत्र नजाने उनको टिप्पणीसमेत थियो । उक्त भवन सरेपछि रात्माटाबासीले नगरपालिकाविरुद्ध मुद्दासमेत दिएका छन् । कृषि ज्ञान केन्द्र पर्वतमा मात्रै रहेको र सम्पर्क कार्यालय रहेकोले खाली भन्दै नगरपालिकाले दुई वर्षअघि पुसमै कार्यालय सारेको थियो ।
‘कृषि कार्यालय आएकोले हामीले प्राविधिक ज्ञान र सेवा पाउने भयौं’ मिर्मिरे कृषि सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापाले भने, ‘आएको कार्यालयलाई समयमा व्यवस्थापन गर्न सकियो भने कृषि क्षेत्रमा धेरै सफलता पाउन सकिन्छ ।’ नेपाल सरकारले उपसचिव सरहको वरिष्ठ कृषि विकास अधिकृतसहित अधिकृत र अन्य कर्मचारीको व्यवस्थापन गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->