मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘हेडसरको बर्थ डे’ विद्यार्थीलाई न्यानो कपडा !

‘हेडसरको बर्थ डे’ विद्यार्थीलाई न्यानो कपडा !


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७७, शुक्रबार

बागलुङ, १७ पुस– गाउँकै सामुदायीक विद्यालयका प्रधानाध्यापक । गाउँका सबैले उनीसँगै सरसल्लाह लिन्छन् । गाउँमा हुने हरेक क्रियाकलापमा शिक्षक त्यसमा पनि प्रधानाध्यापक भएकाले उनको उपस्थिती र प्रभाव रहनु स्वभाविक हो ।
कल्पना गरौं कुनै विद्यालयको प्रधानाध्यापकले आफ्नो जन्मदिन कसरी मनाउँछ होला ? ठुलो केक, भव्य भतेर, गाउँलेहरु भेला गरेर धुमधामका साथ ‘हेडसरको बर्थ डे’ हाम्रो कल्पना यहिं हो । तर यहाँको एक विद्यालयका प्रधानाध्यापकले भने आफ्नो जन्मदिनमा विद्यालयबाट घर फकिँदा केक होईन, घरबाट विद्यालय जाँदा न्यानो कपडा बोकेर गए ।
बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेस्थित ज्ञानोदय आधारभुत विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले पुस १५ गते आफ्नो जन्मदिन विद्यालयमा मनाए । सधैं सुकसुकाउँदै विद्यालय आउने न्युन आय भएका परिवारका विद्यार्थीलाई हरेक दिन आँखाअघि देखेका पौडेललाई ठुलो फजुल खर्च गरेर जन्मदिन मनाउन के मन लाग्थ्यो र ।
तीनै विद्यार्थीले भोगेको कष्टलाई सहज बनाउँदै पौडेलले जन्मदिन मनाएका छन् । विद्यालयमा रहेका ५१ जना विद्यार्थीको लागि विद्यालय पोशाकसँगै मिल्ने न्यानो कपडा पौडेलले बाँडे । पुस १५ गते बिहान दश नबज्दै विद्यालय पुगेका पौडेलले कपडाको पोका घरबाटै बोकेर विद्यालय पुगेका थिए । दैनिक हुने प्रार्थनाको समयमा उनले सबै विद्यार्थीलाई कपडा बाँडेर आफ्नो जन्मदिन मनाएको बताए ।
‘खर्च त हुन्थ्यो नै, तर त्यसको प्रभाव हामीले खोज्दैनौं, केक काटेर पार्टि गर्दा नजिक हुने साथीभाई टाढिएलान् तर बाबुनानीलाई न्यानो हुनु मेरो लागि खुसीको कुरा हो ।’ पौडेलले भने । तर जन्मदिनमा हुने फजुल खर्चलाई कम गर्दै सामाजिक र सिर्जनशिल कार्यमा लगाएको उनले बताए ।
पौडेलले २८ हजार बराबरको न्यानो कपडा एक कार्यक्रमका बीच वितरण गरिएको शिक्षक राम पौडेलले जानकारी दिए । कमजोर अवस्था भएका विद्यार्थीहरूको शैक्षिकस्तर उकास्न सहयोग पुग्ने प्रधानाध्यापक पौडेलको विश्वास छ ।
यसअघि सोही विद्यालयका शिक्षक राम पौडेलले आफ्नो जन्मदिनमा स्टेशनरी वितरण गरेका थिए । अधिकांश विपन्न परिवारका विद्यार्थीले अध्ययन गर्ने यो विद्यालयमा शैक्षिक सुधारका लागि शिक्षकहरु आँफैले नयाँ कार्यक्रमहरु ल्याउने गरेका छन् । प्रअ र शिक्षकले फजुल खर्च कटाएर विद्यालयमा गर्ने सहयोगले विद्यार्थीमा सामाजिक भावको विकास गर्न सिकाई हुने शिक्षक पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->