मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

देश बनाउने शिक्षा आबस्यक : पूर्वप्रधानन्यायाधिस श्रेष्ठ

देश बनाउने शिक्षा आबस्यक : पूर्वप्रधानन्यायाधिस श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७७, शनिबार

बागलुङ, १८ पुस– पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले नेपाल सरकारले विद्यालय शिक्षाको उद्देश्य र औचित्य पुष्टी गर्ने बेला आएको बताएका छन् । बागलुङको विद्यामन्दिर माविले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले अब देश बनाउने जनशक्ती उत्पादन गर्ने शिक्षा चाहिएको पनि बताए ।
देशको उच्च पदस्थ स्थानमा पुगेकाहरु सामुदायिक विद्यालयबाट पढेकाहरु भएपनि सामुदायिक बिद्यालयको साख घट्दै गएको बताएका हुन् । पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर र उत्तीर्ण दर घटेकोमा उनले चिन्ता व्यक्त गरे ।
श्रेष्ठले सामुदायिक विद्यालयको साख घट्दा देशको शिक्षा क्षेत्र धरासायी बन्ने पनि टिप्पणी गरे । ‘देशमा नसोचेका समस्या आइपर्दा अन्वेषण गर्न सक्ने जनशक्ती उत्पादनमा ध्यान दिएका छैनौं, बरु खाडी पठाउने जनशक्ती मात्रै बढेका छन्’ उनले भने, ‘२०२८ सालमा आएको नयाँ शिक्षापछि यो क्रम बढेको छ ।’ राज्यले लगानी गरेर भवन बनाए पनि गुणस्तर विकास हुन नसकेको उनको टिप्पणी थियो ।
देशको प्रमुख प्रशासक, न्यायकर्मी र राजनीतिज्ञ बन्न सक्ने शिक्षा दिन नसक्नुमा नीतिको दोष भएको पनि उनले बताए । हरेक अभिभावक र समुदायले विद्यालय शिक्षालाई गुणस्तरीय र स्तरीय बनाउनका लागि शिक्षामा सबैको लगानी हुनुपर्ने समेत बताए । ‘अभिभावकले लगानी नगरेपछि सित्तैमा पाएको पढाइमा वास्ता हुँदैन, जसले गर्दा बिद्यालय शिक्षा खस्केको हो’ उनले भने, ‘अभिभावकले परिश्रम गरेर बनाएका स्थानका जनशक्तीले देशको उचाइ लिएका छन् ।’
यसैबीच, शुक्रबार विद्यामन्दिर माविले नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको थियो । विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका श्रेष्ठले ढकाललाई सम्मान गरेका थिए । केही गर्छु भन्ने दम भएको, लगानी गर्न सक्ने व्यक्तिमध्ये ढकालमा उक्त क्षमता देखेको पनि उनले बताए ।
विद्यामन्दिर माविको भवन निर्माणमा ढकालले सहयोग गरेका थिए । ढकालले १२ लाख ५० हजार रुपैयाँ सहयोग गरेपछि एउटा कोठामा उनकै नाम लेखिएको छ । २०७२ सालको भूकम्पले भत्केको विद्यामदिरको पुननिर्माण अभियानमा सबैको चन्दा तथा नेपाल सरकारको समेत केही लगानी गजोडेर ५ करोडमा भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताए । यो अभियानमा बागलुङ कल्याण समाज काठमाण्डौ र जिल्लाभित्रबाटै सहयोग जुटेको थियो ।
सम्मान ग्रहण गर्दै ढकालले शिक्षाको अधिकार जनतालाई भएपनि अझै गरिबीको कारण भौतिक पूर्वाधारको बिकास र पाठ्य सामग्रीसमेत नपाएर पढ्न नसक्ने बिद्यार्थी रहेकोले लगानी बढ्नुपर्ने बताए । उनले पनि शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिवद्दता जनाएका थिए ।
शुक्रबारै ढकाललाई उद्योगी व्यवसायी, बैकर्स एसोसिएसन र ाइएमई समूहबाट स्वागत तथा सम्मान गरेका थिए । बरिष्ठ उपाध्यक्ष भएपछि ढकाल पहिलोपटक जिल्ला आएका थिए । बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर घर भएका ढकालले गतवर्ष अमलाचौरकै पृथ्वी माविलाई ६ करोड लगानी गरेर भवन बनाइदिएका थिए । उक्त विद्यालयमा ढकालका बाबु हिरण्यको नाम जोडिएको छ ।
ढकाललाई सम्मान गर्ने कार्यक्रममा बागलुङ कल्यण समाज काठमाण्डौका अध्यक्ष पुष्पमान श्रेष्ठ, निर्वतमान सांसद मनकुमारी केसी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, पूर्व प्रधानाध्यापक जगन्नाथ आचार्य, पूर्वविद्यार्थी मुकेशचन्द्र राजभण्डारीलगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीको अध्यक्षता, प्रअ शान्तमणी ढकालको स्वागत र शिक्षक भीमप्रसाद गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->