मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पञ्चकोट पुग्ने पदमार्ग निर्माण सुरु

पञ्चकोट पुग्ने पदमार्ग निर्माण सुरु


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७७, शनिबार

बागलुङ, १८ पुस– पर्यटकीय पञ्चकोट पुग्ने पदमार्ग निर्माण सुरु भएको छ । बागलुङ नगरपालिका–६ सिमको प्रगतिचोकदेखि पञ्चकोटसम्मको पदमार्ग निर्माण थालिएको हो ।
संघीय सरकार र गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुने पदमार्गको बिहिबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिलान्याश गरे । झण्डै ३ सय मिटर लम्बाई र दुई मिटर चौडाईको पदमार्ग आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुनेछ ।
एउटै योजनामा संघीय र प्रदेश सरकारबाट विनियोजन भएको बजेटलाई एकिकृत गरेर एउटै उपभोक्ता समितिमार्फत काम सुरु भएको बागलुङ नगरपालिकाले जनाएको छ । पदमार्ग निर्माणका लागि पर्यटन मन्त्रालयले ७ लाख र गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले ७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
‘काम सुरु भएको छ, पञ्चकोट बागलुङको आर्थिक र सामाजिक विकाससँग जोडिएको क्षेत्र हो’ शिलान्याश गर्दै पौडेलले भने ‘संघ र प्रदेशको बजेटले नपुगे हामी साझेदारी गर्छौं, योजनाको काम उपभोक्ता समितिले समयमा सक्नुपर्छ ।’ पदमार्ग बनेपछि पैदल हिँडेर पञ्चकोट पुग्ने पर्यटकको लागि सहज हुने पौडेलले बताए ।
‘हामीले कालोपत्रे सडक बनाउने अभियान चलाएका छौं, मासिएका पदमार्गहरुको मर्मत र निर्माणको काम पनि चलिरहेको छ’ पौडेल भन्छन् ‘स्थानीयको दैनिकी र स्वरोजगारीसँग पदमार्गले अर्थ राख्छ ।’
उपलव्ध स्थानीस्य ढुंगा, गिट्टी र बालुवा तथा अन्य निर्माण सामग्रीको प्रयोग गरेर यो पदमार्ग बन्ने इञ्जिनियर दिपेन्द्र भण्डारीले बताए । ‘प्रदेशको योजनामा ताराखोलाको ढुंगा बिच्छाउने हो, संघको योजनामा डलान हुन्छ’ भण्डारीले भने ‘दुई तहको योजना भएकाले फरक फरक स्टमेट छ ।’
डिभिजन वन कार्यालयअन्र्तगत सञ्चालन हुने योजनाको नियमित अनुगमन र सुपरीवेक्षण हुने डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले बताए । ‘धर्म र सम्पदासँग जोडिएको मार्ग भएकाले धेरैको चासो छ’ उनले भने ‘स्थानीय मजदुरको परिचालनमार्फत रोजगारी सिर्जनामा समेत यो योजनाले अर्थ राख्छ ।’
पञ्चकोट पुग्नका लागि वडाका विभिन्न स्थानबाट पदमार्ग बनाउने काम चलिरहेको वडा अध्यक्ष खिमराज सापकोटाले बताए । यो पदमार्ग बनेपछि आन्तरीक तथा वाह्य पर्यटकको आवगनमा बृद्धि हुने उनको विश्वास छ । ‘पैदल हिँड्नेहरु धेरै हुँदा व्यापार व्यवसायमा टेवा पुग्छ’ सापकोटा भन्छन् ‘स्थानीय उत्पादनले बजार पाउँछ ।’
बागलुङमा रोजाईको पर्यटकीय स्थलको रुपमा विकास भैरहेको पञ्चकोट पुग्नका लागि पछिल्लो समय संघीय सरकार र प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने गरेका छन् ।
शिलन्याश कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष राजु शर्माको अध्यक्षता, पदमपाणी शर्माको स्वागत र लक्ष्मी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->