मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

प्रदेशमामिला सभापती थापाको सवारी तोडफोड

प्रदेशमामिला सभापती थापाको सवारी तोडफोड


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७७, शनिबार

बागलुङ, १८ पुस– गण्डकी प्रदेश मामिला सभापती तथा सांसद कृष्ण थापाको सरकारी सवारीमा तोडफोड भएको छ । पार्टी कामको शिलशिलामा बागलुङको बरेङ गाउँपालिका पुगेका थापाको गाडीमा अज्ञान समुहले तोडफोड गरेको हो ।
बरेङ गाउँपालिका—३ बाटाकाचौर साग्दीमा पार्किङ गरी राखिएको ग१झ ५७१ नम्बरको सेतो प्लेट रहेको स्कर्पियोको रातीको शुक्रबार रातीको समयमा पछाडीको सिसा अज्ञात समुहले फुटाएको ईलाका प्रहरी कार्यालय बरेङका प्रहरी नायव निरीक्षक लक्ष्मण देवकोटाले बताए । सिसा कामै नलाग्ने गरेर फुटेको छ । क्षतिको विवरणभने प्रहरीले उपलव्ध गराएको छैन् ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको देवकोटाले बताए । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियानमा सहभागी हुन बरेङ थापा बरेङ पुगेका थिऐ । रोकी राखेको सवारीमा आक्रमण भएको प्रति थापाले गम्भिर आपत्ति जनाएका छन् । आँफु कामकै शिलशिलामा रहेका बेला पार्किङमा राखेको सवारीमा आक्रमण हुनु दुर्भाग्य भएको उहाँले प्रतिकृया दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->