शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

माघे संक्रान्त्रिदेखि घान्द्रुक पनि खुल्ला

माघे संक्रान्त्रिदेखि घान्द्रुक पनि खुल्ला


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७७, आइतबार

पोखरा, १९ पुस– अन्नपूर्ण पदयात्रा मार्गको महत्वपूर्ण गन्तव्य हो, घान्द्रकु । कास्कीको उत्तरी भागमा पर्ने घान्द्रुक छोटो पदयात्रा र गुरुङ संस्कृति मन पराउनेहरुले रुचाउने ठाउँ हो । नजिकबाट देखिने हिमाल, सुविधासम्पन्न होटलहरु यो गाउँको विशेषता हो । अन्नपूर्ण बेसक्याम्पमा जानेहरु यही बाटो हुँदै उकालो लाग्छन् । घान्द्रुक सबै महिनामा पुग्न र जान सकिने गन्तव्य पनि हो । खासगरि शरद र बसन्त ऋतुमा त यहाँ बस्ने ठाउँ पाउनै मुस्किल पर्छ । तर, यो वर्षको दुबै सिजन घान्द्रुक सुनसान रह्यो । कोभिड–१९ को संक्रमण सुरु भएसँगै पर्यटन व्यवसायीहरुले होटलमा तालाा ठोके र बाहिरका मान्छेलाई गाउँ छिर्न निषेध गरे । लकडाउन र निषेधाज्ञा खुले पनि घान्द्रुकेहरुले व्यवसाय खोल्न हतार गरेनन् ।
अन्नपूर्ण पदयात्रा मार्गका अन्य ठाउँ खुल्न थालेपछि भने घान्द्रुकेले पनि पर्यटक बोलाउने निधो गरे । उनीहरुले आउँदो माघ १ गतेदेखि घान्द्रुक सबैखाले पर्यटकको लागि खुल्ला गरिएको जानकारी गराएका छन् । पर्यटन व्यवसायी किसम गुरुङका अनुसार कोरोना संक्रमणको दर घटेसँगै घान्द्रकु खुलाउने निर्णय गरिएको हो । संक्रमणको डरका कारण आफ्नो गाउँमा पाहुना बोलाउन ढिलो भएको उनले शनिबार पोखरामा जानकारी गराए ।

‘एबिसीको मुख्य प्रवेशद्वार नै घान्द्रुक थियो । घान्द्रुक बन्द हुँदा सबैतिर गुनासो भयो,’ घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसमले भने, ‘तर, अब विशेष सतर्कता अपनाएर घान्द्रुक खुलाउने निर्णय गरेका छौ ।’ उनका अनुसार अब पर्यटकहरु घान्द्रुक हुँदै घोेडेपानीतिर पनि जान सक्छन् । तर, छोमरोङ गाउँभन्दा माथि जान भने पर्यटकले पिसिआरको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने अनिवार्य गरिएको छ ।
मनाङले कात्तिकमै पर्यटकहरुको आवागमन खुल्ला गरेको थियो भने आउँदो मंगलबारबाट मुक्तिनाथ मन्दिर पनि खुल्दैछ । उपल्लो मुस्ताङ अर्थात् लोमान्थाङ खुलिसकेको छैन । त्यहाँ अहिले असाध्यै चिसो छ । घान्द्रुकले पर्यटक नबोलाउँदा यो क्षेत्रको पदयात्राका गतिविधिहरु खुम्चिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->