शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली

कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७७, आइतबार

पोखरा, १९ पुस– कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का सर्वसम्मत चयन भएकी छन् ।
संघको १० औँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्ष खड्कासहित ९ जनाको कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सीता गुरूङ, सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन भएका छन् ।
त्यस्तै सदस्यमा मिम राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मिरा पौडेल चयन हुनुभएको छ भने संघको सल्लाहकारमा चित्रकार मिलन शेरचन र कृष्णगोपाल प्रधान चयन भएका छन् । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दीपक श्रेष्ठले पछिल्लो समय हस्तकलाका सामानको माग बढेकाले यसको विकासको लागि सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने बताए ।

‘हस्तकला एक सृजनात्मक क्षेत्र हो, यसलाई प्रवद्र्धन गर्दै बजारीकरणमा भने विशेष पहल गरिनुपर्छ’, श्रेष्ठले भने,‘ यसमा पोखरा उद्योग वाणिज्य संघले विभिन्न सहयोग गर्दै आएको र भावी समयमा पनि सहयोग गर्नेछ ।’कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष हिरा भट्टराईले कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीहरूलाई एकीकृत गरि स्थानीय श्रोत साधनको उपयोग गर्ने हेतुले संघको स्थापना गरिएको बताइन् ।
संघको नवनिर्वाचित अध्यक्ष रामकली खड्काले संघको अवधारणामा सम्बन्धित रहेर कार्य गर्नु नै हस्तकलाको आधार रहेको बताइन् । ‘विभिन्न देशमा हस्तकलाको ग्रासरूटबाट काम गर्ने गरेका छन्, यस क्षेत्रमा आवद्द उद्यमीलाई सरकारीदेखि गैह्रसरकारी संघ संस्थाहरूको साथ आवश्यक छ,’ उनले भनिन् । अध्यक्ष हीरा भट्टराई अध्यक्ष रहेको कार्यक्रमको संचालन सचिव सीता गुरूङले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->