मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

नेपाल पत्रकार महासंघका बन्यो आधुनिक सूचना केन्द्र

नेपाल पत्रकार महासंघका बन्यो आधुनिक सूचना केन्द्र


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७७, आइतबार

बागलुङ, १९ पुस– नेपाल पत्रकार महासंघ बागलुङ शाखामा आधुनिक सूचना तथा संचारकोलागि सूचना केन्द्र स्थापना गरिएको छ ।
महासंघको अगुवाईमा प्रभु बैंकले ५ लाख लगानी गरेपछि १० वटा कम्प्युटर सहितको सूचना केन्द्र स्थापना गरिएको महासंघका अध्यक्ष दिल शिरिषले बताए । आफ्नै भवन बनाइसकेपछि आधुनिक सूचना केन्द्रपनि संचालनमा ल्याउने महासंघको योजनामा बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले साथ दिएका हुन् ।
जिल्लामा आएको समयमा शेरचनले महासंघको भवनको अबलोकन गरेका थिए । उक्त अबलोकनको क्रममा कम्प्युटर सहयोग गर्ने बचनबद्धता जनाएका थिए । शेरचनले पहिलो चरणमा १० वटा कम्युटरबाट सूचना केन्द्र स्थापनाको अभियानमा साथ दिएका हुन् । यो अभियान अझै बढाउने उनले संकेत समेत गरेका छन् । त्यसकालागि बागलुङ स्थित नेपाल पत्रकार महासंघको भवनमा पुस्तकालय स्थापना गर्ने योजना पनि सुनाएका छन् । महासंघले बिद्युतीय पुस्तकालय पनि बनाउने लक्ष राखेको छ । साथै सन्दर्भ सामाग्रीको रुपमा चाहिने भएकोले पुस्तकहरु ल्याएर राख्ने तयारी गरिएको शिरिषले बताए ।
बागलुङकै बुर्तिवाङ, कुश्मीसेरा र गलकोट क्षेत्रमा पनि साना सूचना केन्द्र बनाउनुपर्ने शेरचनले बताए । ‘जिल्लाका मुख्य स्थानमा सूचना केन्द्र बनाएपछि त्यहाँबाट जिल्लामा सूचना प्रवाहको वातावरण बन्छ, त्यसकालागि पनि सहयोग गर्न तयार छु’ उनले भने, ‘यो अभियानलाई छिटै पुरा गर्ने र त्यसमा अन्य दाता खोज्न पनि साथ दिन्छु ।’ उनले पत्रकार महासंघको भवनमा रहने सूचना केन्द्र आम नागरिकको पहुँच र सूचनाको श्रोत बन्नुपर्ने समेत बताए ।
आइतवार बिहान भएको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पत्रकारहरुको एकजुट हुने बानीले यो अभियान सफल भएको बताए । ‘पत्रकारहरुले गरेको मेहेनतबाट म प्रभावित छु’ न्यौपानेले भने, ‘रचनात्मक गतिविधिबाट आम जनताको मन जित्के काम गरेमा अझै साथ र सहयोग मिल्नेछ ।’ उनले प्रशासनबाट आवस्यक पर्ने सहयोग दिन पनि तयार रहेको बताए । नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सचिव राम थापा अविरलको संचालन र कोषाध्यक्ष बिजय रानाको स्वागतमा सम्पन्न कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष मुशेशचन्द्र राजभण्डारी र राष्ट्रिय उपभोक्ता मंच बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले पनि महासंघको अभियान बारे बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->