बागलुङ, १९ पुस– बागलुङ नगरपालिकाका विभिन्न वडाहरुको सहकार्यमा बागलुङका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरिएको छ ।
आइतवार आयोजित एक कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले १ सय जेष्ठ नागरिकलाई सामाग्री दिने अभियान थालनी गरेका थिए । नयाँ विश्व अनलाईनले यो अभियानको व्यवस्थापन गरेको थियो ।
सामाग्री बितरण अभियानमा बोल्दै शेरचनले जिल्लामा लगानी भित्राउने अभियानमा सबै क्षेत्रको सहकार्य गर्ने बताए । उनले शिक्षा,स्वास्थ्य र खेलको क्षेत्रमा पनि युवालाई आर्कषित गर्नकालागि कार्यक्रम तयार भैरहेको बताए । त्यसकालागि आँफू, आफ्नो संस्था र अन्य दाताको खोजी गरिरहेको शेरचनको भनाइ थियो ।
नयाँ विश्व अनलाइनका अध्यक्ष पुष्पमान श्रेष्ठको अध्यक्षता, सम्पादक मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, समाजसेवी देबबहादुर श्रेष्ठ, सुवास राजभण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।





