मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

लठ्ठीएको चितुवा गाउँ पस्यो, स्थानीय त्रसित

लठ्ठीएको चितुवा गाउँ पस्यो, स्थानीय त्रसित


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७७, आइतबार
तस्विर सामाजिक सञ्जालबाट लिईएको हो ।

बागलुङ, १९ पुस– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको कान्लेमा चितुवाले आतंक मञ्चाएको छ । आईतबार बिहानैदेखि जंगलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीय तर्सिएका हुन् ।
कान्लेको पाखो नजिकैको खोल्सामा बसेको चितुवा लठ्ठीएको अबस्थामा छ । आईतवार बिहान घर घरमै पुगेपछि स्थानीयले लखेटेका थिए । पानीको ताल रहेको खोल्सामा पुगेपछि चितुवा त्यहिँ बसिरहेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार नवराज रिमालले बताए ।
चितुवाले आक्रमण गर्ने त्रासले स्थानीय चिन्तित भएपछि प्रहरी, सवडिभिजन वन कार्यालय र नेपाली सेना सहितको समुहले भगाउने प्रयास गरिरहेको छ । ‘हामीले जंगल तर्फ भगाउनकालागि धेरै प्रयास गरीसक्यौं, केही गर्दा चलेन्’ प्रहरी हवल्दार रिमालले भने ‘चितुवा लठ्ठीएको अबस्थामा छ ।’ सव डिभिजन बन कार्यालय कुश्मीशेरा, नेपाली सेनाको निर्माण कार्यदल, प्रहरी र स्थानीय समेत गरी ३०÷४० जनाको समुहले धपाउँदा समेत चितुवा नभागेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->