शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

सहकारीको नियमनमा एकरुपता जरुरी : सांसद थापा

सहकारीको नियमनमा एकरुपता जरुरी : सांसद थापा


  • ढोरपाटन संवाददाता
  • पुष २० २०७७, सोमबार

पोखरा, २० पुस– गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सहकारी माथिको नियमनमा एकरुपता हुनुपर्ने बताएका छन् । सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था र ध्रुवतारा बचत तथा ऋण सहकारी संस्था एकीकरण भई बनेको सिद्धार्थ गौतम बचत तथाऋण सहकारी संस्थाको आइतबार पोखरा महेन्द्रपुल स्थित सेवा केन्द्रको एकिकृत कारोबार शुभारम्भ गर्दै थापाले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सांसद थापाले सवल, सक्षम र व्यावसायीक कारोबारका लागि सहकारीहरु एकिकृत भएर जाँदा राम्रो हुने बताए । सहकारीले छरिएर रहेको पूँजीलाई एकिकृत गर्ने, सहकारी सदस्यहरुबीच आईपर्ने सुख दुःखका काममा नजिकको सहयोगी हुने पक्ष राम्रो भएको बताउँदै उनले सबै तहका सरकारले सहकारीलाई समान दृष्टिले हेर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजु, वडा नं ९ का अध्यक्ष रामराज लामिछाने, अन्नूर्ण सुपर मार्केटका संचालक रित बहादु थापा, कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुदिप ढकाल, स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष कृष्ण वास्तोला लगायतले सहकारीहरु मर्जरको बाटोमा गए मजबुत र सक्षम सहकारी बन्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->