शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पोखरामा राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन सुरु

पोखरामा राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन सुरु


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७७, बिहिबार

कास्की, २३ पुस– पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रको लागि तथ्यांक संकलन कार्य सुरु भएको छ । बुधबार पोखरा महानगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाको तथ्यांक संकलन गरेर राष्ट्रिय परिचय पत्रकालागि तथ्यांक संकलन कार्य सुरु भएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले विवरण दर्ताकालागि वडा कार्यालयमा नै कम्प्युटर लगायतका आवश्यक उपकरणहरु राखेर काम सुरु गरेको पोखरा महानगर राष्ट्रिय परिचय पत्र रुजु अधिकारी विष्णु प्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार राष्ट्रिय परिचयपत्र डिजिटल हुन्छ । राष्ट्रिय परिचयपत्रमा भएका विवरणहरु’ रिडेबल मेसिन’ मार्फत हेर्न सकिन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १ देखि ५ सम्म पहिलो चरणमा तथ्याङ्क संकलन सुरु गरेको हो । पहिलो चरणमा ५ वटा वडाबाट सुरु गरिएको बताउदै आइतबारबाट वडा नम्बर ६ देखि दोश्रो चरण सुरु गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->