बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

निजी क्षेत्र र पोउवा संघ

निजी क्षेत्र र पोउवा संघ


  • Dhorpatan News
  • पुष २७ २०७७, सोमबार

पोखरा उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ । २०११ सालमा स्थापित संघ निजी क्षेत्रको छाता संस्था मात्र नभएर पोखराको जेठो सामाजिक संस्था पनि हो । व्यावसायिक हकहित रक्षाको लागि स्थापना भएको संघ कालान्तरमा पोखराको विकासको संवाहक र साझेदार बन्न पुग्यो । खासगरि पोखराको शैक्षिक विकासमा यसले महत्वपूर्ण भूमिका निभाएको इतिहास रहेको छ । बालमन्दिरदेखि पृथ्वीनारायण क्याम्पस अनि पोखरा विश्वविद्यालय स्थापनामा संघले खेलेको भूमिकाको अहिले पनि स्मरण गरिन्छ । यसैगरि पोखराको महेन्द्रपुलदेखि सभागृहसम्म अनि राजमार्ग नै बनाउन पनि संघले सहयोग गरेको छ । पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरको रुपमा परिकल्पना गर्ने पनि संघ नै हो । त्यसैले पोखरा उद्योग वाणिज्य संघलाई सामाजिक संस्थाको रुपमा हेरिएको हो ।
पञ्चायतकालीन समयमा धेरै संघ÷संस्था थिएनन् । व्यापारीको संस्था भएकोेले केही सहयोग माग्न प¥यो,विकासमा अगुवाई गर्नुप¥यो भने संघलाई नै गुहारिन्थ्यो । तर, अहिले परिस्थिति फेरिएको छ । च्याउ उम्रेसरी संघ÷संस्था स्थापना भएका छन् । पोखरा उद्योग वाणिज्य संघले पनि विकासको साझेदारको रुपमा हैन कि ह आफूलाई निजी क्षेत्रको हकहित रक्षा गर्ने संस्थाको रुपमा उभ्याउँदै आएको छ । यसो भनिरहँदा संघको भूमिका व्यापारीकै वरपर घुम्न थालेको छ । यसले गर्दा यो संघको गरीमा खस्कँदै गएको छ । संघको नेतृत्वले आफ्नो भूमिकालाई खुम्याएको भन्दै आलोचना हुनु एकातिर छ तर निजी क्षेत्रको भूमिका बढाउने मामिलामा पनि यो संस्थाले खासै काम नगरेको भन्ने दुखेसो व्यवसायीबाटै सुनिन थालेको छ । यस्तो अवस्थामा पोखरा उद्योग वाणिज्य संघले आफ्नो भूमिकालाई पुनः प्रमाणित गर्न जरुरी देखिएको छ ।

हो, संघले निजी क्षेत्रको हितको कुरा गर्नु अस्वभाविक हैन । तर,यस्तो संस्थाको भूमिका खुम्चनु आफैमा राम्रो हैन । इतिहास र गरीमा बोेकेको संस्थाप्रति व्यवसायीहरुले गुनासो गर्नु राम्रो हैन । निजी क्षेत्र फस्टाएमा मात्र देशको आर्थिक उन्नति हुन्छ । त्यसले सरकारले निजी क्षेत्रलाई माथि लैजाने कार्यक्रम ल्याउनै पर्छ । व्यावसायिक वातावरण निर्माण गरिदिनुपर्छ । त्यसको लागि निजी क्षेत्रले पनि पैरवी गर्नु नै पर्छ । राज्यलाई कर तिर्नुपर्छ अनि राज्यसँग सुविधा पनि माग्नुपर्छ । अहिले व्यवसायमा सामाजिक उत्तरदायित्वको कुरा पनि आउँछ । पोखरा उद्योग वाणिज्य संघ आफैले सुरु गरेको सामाजिक उत्तरदायित्व बहनलाई चटक्कै छाड्न मिल्दैन । अनि, यस्ता व्यावसायिक संघ÷संस्थाहरुमा राजनीति हावी हुनु हुँदैन । पछिल्लो समय व्यावसायिक संघ÷संस्थामा राजनीति बढी हावी हुन थालेको छ । राजनीतिक दलको पुच्छर बन्दा र अमूक वादको पछि लाग्दा व्यवसायीहरुको हित हुँदैन भन्ने उनीहरुले बुझ्नुपर्छ । पोउवा संघमा पनि पछिल्लो समय राजनीति हावी भएको छ । यसले गर्दा सरकारले नै यो संस्थालाई अर्कै नजरले हेर्ने गरेको पनि कहिँकतैबाट लुकेको छैन । अतः निजी क्षेत्रका संस्थाहरुले राजनीतिक दलकोग गोटी बन्न छाडेर आफ्नो हितबारे सोच्नुपर्छ । कम्तिमा अहिले आएको नयाँ नेतृत्वले यो कुरा बुझोस् र आफ्नो गरीमा बचाओस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->