पोखरा, ३ माघ– पोखराकी एक महिलाले लिनुपर्ने रकम माग्न जादाँ फेसबुकमा अश्लील म्यासेज पठाउने रामकुमार क्षेत्रीलाई साइबर ब्युरोको पत्राचारमा कास्की प्रहरीले पक्राउ गरेको छ । महिलाले सच्याईका पास्टर प्रकास दिप गैरेसंग लिन पर्ने रकम आफैले मिलाइदिने भन्दै महिलालाई अश्लील म्यासेज पठाउँदै शारिरीक सम्बन्ध राख्न र धर्म परिवर्तन गर्न समेत प्रस्ताव राखेका थिए । ‘साइबर ब्युरोले क्षेत्रीलाई पक्राउ गर्न भनि हामीलाई पत्राचार ग¥यो । सोहि आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ’ जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक दिपक के.सी.ले जानकारी दिए । क्षेत्रीलाई प्रहरीले काहुँखोलाबाट पक्राउ गरी साइबर ब्युरो पठाएको छ । रामकुमारले महिलालाई आफ्नो सवारी समेत दिने बताउँदै धम्काएका थिए । उनले म्यासेजमा लेखेका छन् –‘तिम्रो चितवन माडिको जग्गा विजय दिप गैरेलाई पास गरेको हो तर पैसा देको छैन । म दिन्छु सच्याइ धर्म मान हैँ प्लीज तिम्रो सेक्सि शरिरमा मज्जा गर्न देउ म तिम्रो सबै पैसा ३२ लाख दिन्छु प्लीज मलाई र प्रकाश दिप गैरेलाई बेला बेल मा सेक्स गर्न देउ है । ’ ‘हाम्रो पावर तिमिले देखेउ तिम्रो बुढा लाई मिति २०७६÷६÷४ मा अपहरण गरेको हाम्ले हो प्रकाश दिप गैरे र विजय दिप गैरेले तर पुलिसले के ग¥र्यो ? हाम्रै जित भयो । ’
तिम्रो बुढोलाई प्रकाशले दिनपर्ने ३२ लाख रैछ म सबै दिन्छु किनकी प्रकाश मेरो मुखबोले साला हो मैले भनेको मान्छ प्लीज तिम्रो बुढोलाई सच्याईको विरोध नगर्न भन सच्याई धर्म राम्रो छ तिमिले पनि मान ।’ म्यासेजमा लेखिएको छ ।





