आन्तरिक राजश्व कार्यालयले मंसिरको पहिलो साता कर सप्ताहको रुपमा मनाउँदै आएको छ । कोभिड–१९ ले थलिएको अर्थतन्त्र, निराश उद्योगी÷व्यवसायी तथा अन्यौ लपूर्ण भविष्यको बीचमा पनि राजश्व कार्यालयले कर सप्ताह मनाए । उत्कृष्ट करदाता, कार्यालय र कर्मचारीहरुलाई पुरस्कृत गरियो ।
मृत्यु र कर दुबै अन्तिम सत्य हुन् । उद्योग/व्यवसाय गरे पछि राज्यलाई कर तिर्नुपर्छ । जनताले तिरेको करबाटै राज्य संचालित हुने हो । सक्नेले तिरेको करको समानुपातिक वितरण गर्दै नहुनेकहाँ त्यही रकम पु¥याउने काम राज्यको हो । विकास निर्माणदेखि लोककल्याणकारी काम गर्न राजश्व चाहिन्छ । राजश्वको मूल स्रोत कर नै हो । यस मानेमा कर तिर्नु नागरि कको कर्तव्य हो । राज्यलाई कर तिरेर इमान्दार नागरिक बनौं भन्ने नारा यहीँबाट उब्जिएको हो । तर, नेपाल सरकार लोककल्याणकारी बन्नबाट चुकेको घामजत्तिकै छर्लङ्ग छ । जनताबाट उठाइएको करको परिचालन गरिँदा दुरुपयोगको मात्रा बढी भएको ट्रान्सपरेन्सी इण्टरनेसनलजस्ता संस्थाहरुले औंल्याउँदै आएका छन् । घोक्रो निमोठेर कर लिने तर लिए अनुसारको सुविधा नदिनु पनि नेपालको कर प्रणालीको विशे षता हो । यहाँ कर तिर्नेलाई करकर गरिन्छ तर करबाट उन्मुक्ति दिने बाटो देखाउने काम पनि हुन्छ । कर तिर्नेहरुले तिरेको ति¥यै गर्नुपर्ने अवैधानिक बाटोबाट व्यवसाय गर्नेहरुले उन्मुक्ति पाइरहने प्रवृत्तिले कर तिर्नेहरुमा निराशा छाउँछ ।
यो प्रवृत्ति भने को राज्यकोषमा मुसा छिर्ने दुलो बनाएजस्तै हो । नेपालको कर प्रणालीमा रहेको पारदर्शीपनको अभाव, ढिलासुस्ती तथा प्रविधिको उपयोगितामा कमी सबैभन्दा ठूला समस्या हुन् । रातो कार्पेट ओच्छ्याएर स्वागत गर्नुपर्ने करदाताको मानमर्दन गरिदिने, उनीहरुलाई अनावश्यक दुःख दिने र पाए व्यक्तिगत लाभ लिने प्रणाली भएसम्म जनता कर तिर्न लालायित हुँदैनन् । करदातालाई सम्मान गरिनु र उनीहरुले तिरेको करको सही सदुपयोग भएको छ भन्ने सन्देश प्रवाह गर्न सके अहिले उठे कोभन्दा बढी कर उठ्न सक्ने विभिन्न अनुसन्धानले देखाएकै छन् । अबको कर प्रणाली वैज्ञानिक मात्र नभएर प्रविधिमै त्री हुनैपर्छ । कर तिर्नेलाई घण्टौं लाइनमा उभ्याएर राज्यकोष बलियो बनाउँछु नभए डण्डा चलाउँछु भन्ने मानशिकता अब कर प्रशासनले त्याग्नुपर्छ । केही सुधार भएका छन् तर ती पर्याप्त छैनन् । अर्कोतर्फ कर सक्नेले तिर्ने हो । सरकारले व्यवसायीलाई आफ्नो कर आफै घोषणा गर्ने अवसर दिएको छ । उद्योगी/व्यवसायीहरुले सरकारले दिएको यो सुविधाको उपयोग गर्नुपर्छ । आफूले गरेको कारोवारको हिसाब आफै गरेर कर बुझाउने सुविधाको दुरुपयोग गरिनु हुँदैन । झन्भट छन् भने त्योबारे आवाज उठाउनुपर्छ । करबाट उन्मुक्ति सम्भव हुँदैन । कर उठाउनैपर्छ । नागरिकले यो कुरा नबुझेका पनि है नन् । कोरोना कहरको बेलासमेत राजश्व संकलनमा देखिएको उत्साहले नागरिक कर तिर्न चाहन्छन् भन्ने प्रमाणित भएको छ । अहिलेको अवस्थामा पनि कर तिर्नेहरुले अवस्था राम्रो हुँदा अवश्य कर तिर्छन् । सरकारले कोरोना कहरले अर्थतन्त्रमा पारे को प्रभावको मूल्याङ्कन गर्दै कर तिर्ने समयावधि थप तथा सुविधाहरु घोषणा गरेको छ । ती घोषणाहरु कार्यान्वयन गर्दै करमैत्री प्रशासन बनाउनेतर्फ पनि राजश्व विभागले सोच्नुपर्छ । भन्सारमा तगारो राखेर, डण्डा चलाएर मात्रै हैन कि जनतालाई विश्वासमा लिएर कर उठाउने पद्दतिको विकासतर्फ अब लाग्नै पर्छ । कर प्रशासन करदातामैत्री हुनैपर्छ ।

