बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संकल्प प्रस्तावको औचित्य

संकल्प प्रस्तावको औचित्य


  • Dhorpatan News
  • माघ ६ २०७७, मंगलबार

कोभिडको परीक्षणको दर घटेको छ । यही समयमा नयाँ प्रजातिको कोभिड नेपाल भित्रिएको पुष्टि भएको छ । नयाँ प्रजातिको कोभिड भित्रिरहँदा गण्डकी प्रदेशको विशेष अधिवेशनमा भने कोरोना निययन्त्रसम्बन्धमा बहस चलिरहेको छ । नेपाली कांग्रेसले यसअघि कोरोना नियन्त्रण र उपचारसम्बन्धमा ल्याएको संकल्प प्रस्ताव पारित हुन सकेन । सत्तापक्षले अस्वीकृत गरेपछि त्यो रद्दीको टोकरीमा पुग्यो । तर, कोभिड–१९ नियन्त्रण र उपचारको लागि कांग्रेसले ल्याएको प्रस्ताव ठीकै भएको निष्कर्षमा चाहिँ सत्तारुढ दलका नेताहरु नै पुग्न बाध्य भए ।सहमतिबिना ल्याइएको संकल्प प्रस्ताव पारित हुँदैन भन्ने कांग्रेसलाई थाहा थियो । सो संकल्प प्रस्तावलाई साझा बनाउन गरिएको प्रयासमा सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी सहमत हुन सकेन । एक घर, एक पीसीआर र हरेक जिल्लामा पीसीआर मेसिन राख्न नसकिने सरकार पक्षको दावी थियो । अस्वीकृत भयो । कोरोनाले सबैभन्दा बढी गाँजेको समयमा नागरिकहरुको पीडाप्रति गण्डकी सदनले संवेदनशीलता नदेखाएको अनुभूति जनस्तरबाटै भयो ।
नेपाली कांग्रेसले प्रतिपक्षी भूमिका निभाउने क्रममा जनता समाजवादी पार्टीसँग सहकार्य ग¥यो । विशेष अधिवेशन बोलाइयो । नेपाली कांग्रेस जसपाले ल्याउन लागेको संकल्प प्रस्तावप्रति सत्तापक्ष लचिलो देखियो ।सत्तापक्ष नै दुईभागमा विभाजन भएकोले पनि संकल्प प्रस्ताव साझा बनाउने वातावरण बन्यो । अहिले प्रदेशसभामा १३ बुँदे साझा संकल्प प्रस्ताव आएको छ । संकल्प प्रस्ताव सही भएको सबै दलका नेताहरुले बताइरहेका छन् । यद्यपि, कांग्रेसले आफूहरुले समयमै ल्याएको प्रस्ताव पारित नभएकोमा मन कुँड्याइ रहेको छ । सत्तापक्षका सांसदहरु त्यो बेला गरेको निर्णयको पक्षमा देखिएका छन् । विभाजित नेकपाका नेताहरु कांग्रेसको प्रस्ताव सही रहेछ भन्नेमा पुगेका छन् । कोरोना महामारीको अन्त्य भएको छैन । संकल्प प्रस्तावमा राखिएका बुँदाहरु कोरोनाको नियन्त्रण र उपचारसँग सम्बन्धित छन् । यतिबेला छिमेकी मुलुकहरुले कोरोनाविरुद्ध खोप दिइरहेका छन् । नागरिकहरु कतिबेला देशमा खोप भित्रन्छ भन्ने आशामा छन् । अनुदानमा आउने खोप कहिले आउने हो निधो छैन । सरकारले खोप ल्याउन नागरिकसँगै सहयोगको याचना गरिरहेको छ । यसमानेमा, कोरोनासँग सम्बन्धित संकल्प प्रस्तावको औचित्य समाप्त भएको छैन । संकल्प प्रस्तावमाथि छलफल भइरहँदा प्रदेश सरकारको अबको कदम संभावित नयाँ चरणको संक्रमणसँग जुध्ने र खोपको प्रत्याभूति गर्नेतर्फ केन्द्रीत हुनपर्छ । संघीय प्रणालीपछि पहिलोपटक गण्डकीमा प्रयोग भएको विशेष अधिवेशन र एकतालाई जनतहितमा प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->