पोखरा, ६ माघ– होचा व्यत्तिको रुपमा विश्व कीर्तिमानी कायम गरेका खगेन्द्र थापा मगरको प्रथम स्मृति सभा सम्पन्न गरिएको छ । कीर्तिमानी खगेन्द्रले २०६७ सालमा विश्वकै होँचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका उनको निधन भएको एक वर्ष पश्चात सोमबार पोखरामा प्रथम स्मृतिसभा सम्पन्न गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ ।
खगेन्द्रले नेपाललाई विश्व सामु चिनाउन पुराएको योगदानको मुल्याङकन सहित स्मरण गर्दै प्रथम स्मृति सभा आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले बताए ।





