शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

नयाँसडक सुधार समिति द्धारा प्रहरी विट हस्तान्तरण

नयाँसडक सुधार समिति द्धारा प्रहरी विट हस्तान्तरण


  • ढोरपाटन सम्वाददाता
  • माघ १३ २०७७, मंगलबार

पोखरा, १३ पोखरा– पोखराको नयाँसडक सुधार समितिले सोमबार दुई वटा प्रहरी विट एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायव उपरिक्षक सुवास हमालले चिप्लेढुंगामा रहेको प्रहरी विट र वैदाम प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक चिनिमाया तामाङले रिवन काटेर उद्घाटन गरेका थिए भने समितिका अध्यक्ष दिपेन्द्र मर्सानीले चावी सहित प्रहरी वित हस्तान्तरण गरेका थिए ।
सो अवसरमा प्रनाउ सुवास हमालले घामपानीको वेलामा प्रहरीलाई डियूटिमा खटेर सुरक्षा दिन अत्यन्तै समस्या परेको अवस्थामा नयाँसडक सुधार समितिको पहलमा सह्रानिय कार्य भएको वताउँदै सामाजिक संघसंस्था र प्रहरी मिलेर नै समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सकिने धारणा व्यक्त गरेका थिए ।त्यसैगरी पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछानेले प्रहरी विट राख्नको लागि भन्दा पनि नराख्नको लागि दवाव आएको अवस्थामा पनि मानवतासंग जोडिएको विषय भएकोले हामीले प्रहरी विट राख्ने निर्णय गरिएको वताए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालयद्धारा उक्त विट निर्माणमा मुख्य भूमिका निर्वाह गर्ने वडा नं. ९ का वडा सचिव तथा सुचना अधिकारी लोकदर्शन कोइराला, विट निर्माण समितिका संयोजक निरज गुरुङ र नयाँसडक सुधार समितिका अध्यक्ष दिपेन्द्र मर्सानीलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।सो अवसरमा प्रनाउ चिनिमाया तामाङ, समितिका अध्यक्ष दिपेन्द्र मर्सानी, निर्माण समिति संयोजक निरज गुरुङ लगायतले वोलेका थिए ।कार्यक्रमको संचालन नयाँसडक सुधार समितिका सचिव कृष्ण मर्सानी र प्रनानी होतबहादुर रोकाहाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->