शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

नामसारीको सिफारीस दिन आनाकानी गरेको आरोप

नामसारीको सिफारीस दिन आनाकानी गरेको आरोप


  • ढोरपाटन सम्वाददाता
  • माघ १४ २०७७, बुधबार

बागलुङ, १४ माघ– कानुनी प्राव्धान मिचेर आफ्नो नाममा रहेको जग्गा बिक्री गर्न वडा अध्यक्षले रोक लगाएको भन्दै पीडितले सञ्चारमाध्याम गुहारेका छन् ।
बागलुङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष जीवन आचार्यलले जग्गा नामसारीको सिफारिस नदिएपछि पिडित रुदै मिडियामा आएका हुन् । बानपा २ का वडा अध्यक्ष जिवन आचार्यले जग्गा बिक्रीका लागि वडामा नामसारी लिन जाँदा सिफारिस नदिएको भन्दै एक व्यक्ति रुदै पत्रकार महासंघको भवनमा पुगेका थिए ।
म्याग्दीको मंगला गाउँपालिका वडा नं. ६ अर्मन घर भई बानपा २ मा पूर्खौली जग्गा भएका ६० बर्षिय चित्रराज आचार्यले सिफारिस नपाएको गुनासो गरेका हुन् । बानपा–२ का अध्यक्ष जीवन आचार्यले नामसारीको लागि कार्यालय जाँदा सिफारिस नदिएर पटक –पटक दुख दिएको र पदको दुरुपयोग गरेको उनको आरोप थियो । उनले पत्रकार महासंघको भवनमा पुगेर पत्रकार सम्मेलन गरेका थिए ।
बानपा २ मा वडा अध्यक्षको घरसंगै रहेको जग्गा बिक्री गर्नका लागि धेरै प्रयास गर्दा पनि अध्यक्षकै परिवारले भड्काउने काम गरेको र पछिल्लो समय बिक्रीका लागि बैनापट्टा गरेर जग्गा नामसारीका लागि सिफारिस लिन जाँदा नदिई उल्टै आफ्नो जग्गा परेको भन्दै न्यायिक समितिमा मुद्धा हालेर दुख दिएको उनले बताए ।
वडा अध्यक्षको परिवारले न्यायिक समितिमा मुद्धा दिएपछि आफुले पनि दुख दिएको बिषयमा उच्च अदालतमा मुद्धा दर्ता गरेको उनले बताए । वडा अध्यक्ष आचार्यले सिफारिसका लागि कुनै रोकतोक नगरेको भन्ने प्रतिउत्तर लाएर पनि सिफारिस रोक्ने काम गरेको आचार्यले गरे । ‘वडा अध्यक्ष जस्तो पदमा रहेर पदिय जिम्मेवार बहन गर्नुको साटो जनतालाई दुख दिने कामले कानुनको खिल्ली उडाएका छन्’ उनले भने ।
आचार्यले वडाध्यक्ष आचार्यले घर बनाउने क्रममा आफ्नो जग्गा मिचेकाले सोही जग्गाको साटो अर्को बरावरको जग्गा दिएपनि अहिले आएर आफ्नो भनि दाबी गरेर बिक्री गर्न समेत नदिने खेल खेलेको बताए ।
आचार्यले जग्गाको लालपूर्जा पनि आफ्नो नाममा रहेको र तिरो पनि आफुले नै तिर्दै आएको समेत बताए । यस बिषयमा कुरा गर्न खोज्दा वडा अध्यक्ष जिवन आचार्यको फोन अफ थियो । पत्रकार सम्मेलनको संचालन कमल शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->