बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सिनेमा र पर्यटनलाई सँगै हिडाऊँ

सिनेमा र पर्यटनलाई सँगै हिडाऊँ


  • Dhorpatan News
  • माघ १५ २०७७, बिहिबार

कोभिड–१९ को महामारीले सिने र पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित भए । सिनेमा हल सबैभन्दा, पहिला बन्द भयो र सबैभन्दा पछि खुल्यो । हल खुलाउन व्यवसायीहरुले आन्दोलन नै गर्नुप¥यो । धेरै बनिसकेका सिनेमाहरुको प्रदर्शन रोकियो । पर्यटन उद्योगको हालत पनि उस्तै छ । कोभिडले सम्पूर्ण विश्वलाई आक्रान्त बनाउँदा विदेशी पर्यटक आउने ढोका अझै बन्द प्रायः नै छ । आन्तरिक पर्यटकहरु पनि खुलेर हिँडेका छैनन् । पदयात्रादेखि आरोहणलगायतका गतिविधिहरु अझै सुरु हुन सकेका छैनन् । पर्यटक लक्षित होटल–रेष्टुराँहरु खुल्न त खुलेका छन् तर व्यवसाय छैन । पर्यटन उद्योगलाई कोभिडले अझ कति समयसम्म असर गर्छ भन्ने एकीन छैन । धेरै व्यवसायीहरु पलायन भएका छन् । हजारौँको रोजगारी गुमेको छ । कोभिड–१९ ले यी दुई क्षेत्रलाई ठूलो क्षति पु¥याइरहेकै बेला चलचित्र पत्रकार संघ कास्कीले सिनेमा र पर्यटनलाई जोड्ने प्रयत्न गरेको छ ।
त्यसो त चलचित्र पत्रकार संघले कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजना गरेको कार्यक्रममा साहित्य र सिनेमाबारे बढी चर्चा भयो । तर, सबैभन्दा मूल मुद्दा चाहिँ अहिले संकटमा परेको उद्योगबारे नै उठाइयो । सिनेमा र पर्यटनलाई एकअर्काका पर्याय बनाउने सार्थक प्रयासको थालनी पनि त्यहीँबाट भयो । सिनेमाले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको हुन्छ । सिनेमामा देखेको ठाउँ दर्शकको मनमा ग छायाङ्कन भएका ठाउँहरु दर्शकले मनमा बस्दा त्यो ठाउँमा उनीहरु पुग्ने गर्छन् । यही सत्यलाई बुझेर विभिन्न देशहरुले चलचित्र निर्माताहरुलाई रातो कार्पेट बिच्छ्याएर स्वागत गर्छन् । कर छुट दिन्छन् । नेपालकै सन्दर्भमा हेर्ने हो भने केही अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कन हुँदा त्यसले पर्यटन प्रवद्र्धन भएको छ । पर्यटन प्रवद्र्धनको लागि गरिने प्रवद्र्धनात्मक कार्यक्रमभन्दा सिनेमाले गरिदिने प्रचारले मानिसलाई तान्ने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । अत ः पर्यटन प्रवद्र्धनको लागि सिनेमा विश्वभर नै सबैभन्दा महत्वपूर्ण माध्यम बनेको छ । सिनेमा निर्माणका बखत निर्माण समूहले गर्ने खर्चलाई पनि पर्यटनसँग नै जोडिन्छ । नेपालको सन्दर्भमा भने सिनेमालाई पर्यटन प्रवद्र्धनसँग जोडिएकै छैन । सिनेमा निर्माताहरुले पर्यटन प्रवद्र्धन गरेवापत् राज्यबाट कुनै पनि प्रकारको सहुलियत पाएका छैनन् । चलचित्रले गरेको प्रचारलाई पर्यटन व्यवसायीहरुले पनि बुझेकै छैनन् । यो दुःखद अवस्था हो । नेपाल आफैमा सुन्दर छ । सुन्दर देशलाई विश्वभर प्रचार गर्न अब सिनेमाको सहारा लिनुपर्छ । प्राकृतिक रुपले नै स्टुडियो मानिने यो ठाउँमा अन्तर्राष्ट्रियस्तरका सिनेमा छायाब्कनलाई प्रोत्साहित गर्नुपर्छ । यसो गर्दा एकातिर उनीहरुले गर्ने खर्चले देशको अर्थतन्त्र माथि उकासिन्छ भने अर्कोतर्फ यसले पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान गर्छ । यसैगरि राज्यले आन्तरिक पर्यटन प्रवद्र्धनको लागि नेपाली सिनेमाहरुलाई पनि ठाउँ चिनाउने अभियानमा लगाउनुपर्छ । सिनेमा र पर्यटनलाई जोडेर समृद्धि हाँसिल हुने दिशामा अघि बढ्न अब चाहिँ ढिला गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->