बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हिँउ र जीवन

हिँउ र जीवन


  • Dhorpatan News
  • माघ २६ २०७७, सोमबार

हिँउ प¥यो । हिमाली भेगका किसान खुशी भए । तलका मान्छेहरु हिँउ हेरेर रमाए । रमाउनु आफ्नो कुरा हो । हिँउले मान्छेलाई जीवन दिन्छ, गाउँलेलाई चिसो दिन्छ । तर हिँउ सबैलाई चाहिन्छ । हिमालमा बस्नेहरुलाई हिमालको माया हुन्छ । चिसो हिमालले दिन्छ, मनले चिसो नै मागिरहेको हुन्छ । हिमालसँग जीवन जोडिएको हुन्छ, हिमालसँग माटो जोडिएको हुन्छ । हिमाल हुन्छ, हिँउ पर्छ । जमिनले हिँउनै खोजिरहेको हुन्छ । हिमाल जीवन हो, हिमाली मान्छेको लागि । हिमाल मान्छे हो, ठूलो हुनको लागि । तर हिमाललाई मान्छेहरुले हिमाल मानेनन् । हिमाल अहिले हिमाल जस्तो रहेन । कालो पहाडलाई हिमाल भन्न सकिन्न । किन यस्तो भयो ? कसैले सोचेन । साँच्चै भन्नेहो भने, अहिले पृथ्वीको औषत तापक्रम १५ डिग्री सेल्सियस रहेको छ । यो प्रक्रिया नभएको भए पृथ्वीको तापक्रम माइनस १८ डिग्री सम्मम हुन सक्थ्यो । यसलाई हरितगृह प्रभाव भनिन्छ । तर, केही समय यता आएर हरितगृह ग्यासको मात्रा बढ्न थालेपछि यसले आवश्यकताभन्दा बढी तापलाई पृथ्वीतर्फ फर्काउन थालेको छ । परिणामत ः पृथ्वी तातिन पुगेको छ । हरितगृह प्रभावका कारण सन १९९० देखि २०१० को बीचमा पृथ्वीको तापक्रम १.४ प्रतिसतले बढ्ने जलवायु परिवर्तन संबन्धी अन्तर्राष्ट्रिय प्यानलको अनुमान रहेको छ । वातावरणको यो बिग्रदो अवस्थाप्रति अहिले संसारभर नै चर्का आवाजहरु उर्लिएका छन् । सन १९९२ मा ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको पृथ्वी शिखर सम्मेलन (वातावरण र विकास सम्बन्धी राष्ट्र संघीय सम्मेलन) ले जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय फ्रेमवर्क अनुबन्धमा १ सय ५४ राष्ट्रले हस्ताक्षर गरे । जापानको क्योटो सहरमा भएको सम्मेलनसम्म आइपुग्दा क्योटो प्रोटोकल नै घोषणा गरिएको छ र विकसित राष्ट्रहरुले सन् २०१२ सम्ममा ५ दशमलव २ प्रतिशतले हरितगृह ग्यास उत्पादनमा कमी ल्याउनुपर्ने प्रावधान राखिएको छ । हिमाल हाम्रो संस्कृति हो, हाम्रो जीवन हो, हरितगृह हाम्रो समस्या होइन । समस्यामा हामी परेका मात्र हौँ । जीवन र जगतलाई हिमालको वरिपरि बस्ने मान्छेहरुले बाहेक अरुले सम्भवत बुझ्दैन । त्यही नै जीवन हो, त्यही नै दिमाग हो । हिमालबाट मान्छे टाढियो भने त्यहाँ जीवन हुन्न, त्यहाँ निरसता नै निरसता हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->