शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

विदेशबाट आएर बुबाको हत्या, दाहसंस्कार तयारी गर्दा पक्राउ

विदेशबाट आएर बुबाको हत्या, दाहसंस्कार तयारी गर्दा पक्राउ


  • विजय नेपाली
  • फाल्गुन १२ २०७७, बुधबार

पोखरा, १२ फागुन– पोखरा ३२ महकुनाका रामकृष्ण कामी करिब एक हप्ता अघिमात्र नेपाल आए । वैदेशिक रोजगारमा गएका उनी घर त आए तर घर आउन नपाउँदै उनले आफ्नै बुबाको हत्या गरे । ३४ वर्षीय रामकृष्ण र उनका बुबाको आइतबार राति भनाभन भयो । भनाभन हुँदा रामकृष्ण आवेगमा आएर बुबा जुमबहादुर कामीको टाउकोमा काठको अग्लाले प्रहार गरे । उनको प्रहारबाट बुबाको मृत्यु भयो । बिहान अचानक उनले छिमेकीलाई बुबाको भ¥याङबाट लडेर मृत्यु भएको भन्दै एकाएक अन्त्येष्टिका लागि लैजाने तयारीसमेत गरे । तर, अचानक टाउकोमा मात्र चोट देखेपछि छिमेकी समेत अच्चममा परे । त्यतिमात्र होइन राति नै लडेको भएपनि अस्पताल लैजाने वा छिमेकीमा हारगुहार हुनुपर्ने,यो पनि भएन । अन्त्येष्टिका लागि लाने तयारी गरिरहँदा शंकास्पद तरिकाले मृत्यु भएको भन्दै छिमेकीले प्रहरीकोमा खबर गरे ।
प्रहरी घटना स्थलमा पुगी अनुसन्धान गर्दा मृत्यु शंकास्पद देखियो । लगत्तै प्रहरीले सोमबार बिहान रामकृष्णलाई पक्राउ गर्दै हिरासतमा राखेको थियो । विदेशबाट आएका रामकृष्णको आइतबार राति भनाभन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । ‘भ¥याङबाट लडेको भए अन्तपनि चोट लाग्नुपर्ने टाउकोमा मात्र चोट देखियो’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास हमालले भने । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ३ पाउँदुरकोट घरभई पोखरा ३२ बस्दै आएका उनी करिब एकहप्ता अघिमात्र विदेशबाट आएको हमालले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट प्रहरी अधिकृत समेतको अनुसन्धान टोली घटनास्थल पुगि अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको प्रवक्ता हमालले बताए ।
घटनास्थलको अनुसन्धान गर्दा रगतजस्तो रातो पदार्थ लागेको काठको चारपाटे अग्लो बरामद गरिएको उनले जानकारी दिए । ‘यदि लडेको भए शरिरका अन्य भागमा समेत चोट लाग्न पर्ने तर शरीरको अन्यभागमा सामान्य चोटसमेत छैन’,उनले भने । रामकृष्ण विरुद्ध कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढेको उनले बताए । हत्या किन भयो ? के विषयमा विवाद भयो भन्ने खुल्न बाकीँ छ । हामी अनुसन्धानमै छौँ बाकीँ कुरा पछि आउने छ’, प्रवक्ता हमालले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->