शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

अब जोड घटाउको खेल सुरु : मुख्यमन्त्री गुरुङ

अब जोड घटाउको खेल सुरु : मुख्यमन्त्री गुरुङ


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १३ २०७७, बिहिबार

पोखरा, १३ फागुन– गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा अस्थिरताको खेल सुरु भएको बताएका छन् । बुधबार प्रधानमन्त्री केपी ओली नेतृत्व नेकपाको स्थायी समिति बैठकमा सहभागि हुनुअघि पोखरामा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि अब संसदीय जोड–घटाउको खेलमा लाग्ने उनले प्रष्ट पारे ।
‘यस्तो (संसदमा बलियो हुने) खेल त सबैले आफ्नो–आप्mनो खेल खेलिहाल्छ, खेल्दैन र ?’, उनले भने, ‘सर्वोच्चको फैसला अस्थिरतातिर जाने निर्णय भयो भनेको त्यही हो । ’ उनले अब सभासदहरु किनबेच र तानातान हुने ठोकुवा गरे । उनले प्रचण्ड–माधवको अभियान भनकै केपी ओलीलाई हटाउने भएको बताउँदै दुबैजना प्रधानमन्त्री बन्ने लक्षण नभएको पनि बताए । ‘प्रधानमन्त्री हुने लक्षण छैन उनीहरुको , शेरबहादुर देउवालाई बनाउने लक्षण छ’, उनले भने । त्यस्तो अवस्था आए केपी ओलीले पनि देउवालाई नै प्रधानमन्त्री प्रस्ताव गर्ने पनि उनले सुनाए ।
सर्वोच्च अदालतको फैसला मान्नुको विकल्प प्रधानमन्त्रीसँग नभएको बताउँदै आफ्नो लागि संसद पुनःस्थापनाको निर्णय हर्ष न विस्मातको विषय भएको बताए । अब तपाईँहरु नेकपा भित्रै बस्नुहुन्छ वा अर्को पार्टी दर्ता गर्नुहुन्छ भन्ने प्रश्नमा उनले नेकपाको आधिकारिकता हुँदै गर्छ, अहिले नै त्यो भनिहाल्न जरुरी नभएको बताए । उनले भने,‘ उनीहरु (प्रचण्ड–नेपाल) अरु पार्टीको पछाडी दौडिन आप्mना नेताहरुलाई चाहिँ अपमान गर्ने हो भने त्यो हुँदैन । होइन भने पार्टी एकताको अभियान हुन सक्छ ।’
उनले ओली नेतृत्वकै नेकपा आधिकारिक भएको भन्न छुटाएनन् र आफू त्यही पार्टीमा रहने बताए । उनले केन्द्रीय कमिटीमा प्रचण्ड–नेपालको बहुमतले कुनै अर्थ नराख्ने बताउँदै भने,‘केन्द्रीय समितिमा बहुमत छ भनेर हुन्छ र, बाहिर गएर ? निर्वाचन आयोगमा दर्ता गरेको विधानले के भन्छ ? विधानले त बहुमतले निर्णय गर्ने भनेछ र ? छैन नि । यो अरु पार्टीको जस्तो होइन नि । पहिलेको एमाले, माओवादीको विधान जस्तो होइन, अहिलेको हाम्रो विधान । उनीहरु (प्रचण्ड–नेपाल)ले पाउने चान्स नै छैन ।
गण्डकीका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री केपी ओलीलाई काँध हाल्नेमध्ये एउटा बलियो काँध हुन् । यद्यपि, उनी प्रधानमन्त्री ओलीको शासकीय शैलीको भने आलोचना गर्छन् ।संघीयता कार्यान्वयनमा प्रधानमन्त्री ओलीले साथ नदिएको भन्दै आलोचना गर्दै आएका मुख्यमन्त्री गुरुङले संसद विघटनको समर्थन र बचाउ गर्दै आएका थिए । संघीयता कार्यान्वयनमा भने उनले प्रधानमन्त्री ओलीको आलोचना गर्दै आएका छन् । पछिल्लो पटक फागुन ४ गते प्रदेश सरकार स्थापना दिवसमा पनि सिंहदरबार एकात्मक शैलीमा चलेको उनले आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->